Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि अलर्ट जारी गरेको छ ।

रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण लिन मेट्रो स्टेसनतर्फ भागदौड गरेको जनाइएको छ ।

युक्रेनको छिमेकी देश पोल्यान्डले पनि आफ्नो वायुसेनालाई सक्रिय बनाएको छ । पोल्यान्डले आफ्नो सीमा जोडिएको युक्रेनको सहर लवीवमा रुसले हवाई आक्रमण गरेपछि वायुसेनालाई अलर्टमा राखेको हो ।

रुसले किभमाथि आइतबार बिहान ५ बजेदेखि आक्रमण थालेको थियो । रुसी आक्रमणको जवाफ दिइएको युक्रेनको सेनाले जनाएको छ ।

शुक्रबार पनि रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट एउटा बाँध ध्वस्त भएको जनाइएको छ । बाँधमा क्षति भएपछि विद्युत् उत्पादन केन्द्र बन्द भएको छ । बीबीसीबाट ।


सम्बन्धित समाचार