Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
फिल्म ‘उपहार’पछि नायिका रेखा थापा र पूजा शर्माले फेरि एकसाथ पर्दा शेयर गर्ने भएका छन् । यी दुईले यसपटक भने एक्सन जनराको फिल्ममा काम गर्न लागेका हुन् । फिल्मको नाम ‘काली २’ राख्ने बताइएको थियो । तर, सविर श्रेष्ठले निर्देशन गर्ने यो फिल्मको नाम परिवर्तन हुन सक्ने बताइएको छ । नामको बिषयमा अहिलेसम्म निर्माणपक्षले केही पनि बताएको छैन । यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको स्क्रिप्टलाई बलियो बनाउनका लागि निर्माणपक्षले कुनै पनि कसर नराख्ने बताएको छ । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखिरहेका छन् । नायिका रेखा थापासँग निर्देशक सविर श्रेष्ठले केही हिट फिल्ममा काम गरिसकेका छन् । उनीहरुले ‘कसले चोर्यो मेरो मन, काली, तथास्तु, हमेसा, राम प्यारी’ लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । यसैले, पनि रेखाको प्रिय निर्देशकमा सविर श्रेष्ठ पर्छन् । वुझिएअनुसार, यो फिल्ममा नायक आर्यन सिग्देल पनि जोडिने संभावना उच्च छ । निर्माणपक्ष र आर्यनबिच कागजी संझौता हुन मात्र बाँकी छ । यस्तै, फिल्ममा अर्का एक जना नायक पनि हुनेछन् । निर्माणपक्षले अर्का एक नायक को राख्ने फाइनल गरिसकेको छैन ।
२०८१ माघ २९
ताजा नेपाल
२०८१ माघ २९
ताजा नेपाल
२०८१ माघ २९
ताजा नेपाल