Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन हटाउँदा भयावह हुन्छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।विश्वभरका मानिसको व्यग्र प्रतिक्षा रहेको खोपलाई अनुमति दिएर आतंक बन्द गर्नुपर्ने बेलामा डब्लुएचओले किन यस्तो प्रतिक्रिया दिइरहेको छ स्पष्ट छैन । डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको बताए। परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भए पनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए । हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्ल्युएचओले जनाएको छ। संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ । संक्रमण नघट्दै मानिसहरू भेला भए अवस्था भयावह हुने भएकाले सचेत रहन उसले आग्रह गरेको छ ।