Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्ष्मी बैंकको नाफा नाफा १ अर्ब ५७ करोड

काठमाडौं । लक्ष्मी बैंकको नाफा एक बर्षमा ३३.४३ प्रतिशतले बढेको छ। बैंकले पोहोरको १ अर्ब १८ करोडको नाफालाई १ अर्ब ५७ करोड रुपैयाँ नघाएको हो। बैंकको खुद ब्याज आम्दानी नै साढे ३० प्रतिशतले उक्लिएको छ। बैंकले २ अर्ब ३३ करोडको खुद ब्याज आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ।
बैंकले एक बर्षको अवधिमा साढे ६२ अर्बको ऋण ७८ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ। निक्षेप पनि ६६ अर्बबाट बढेर ८१ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको पूँजी कोष अनुपात भने घटेको छ। ऋण बिस्तार आक्रामक हुँदा पूँजी कोष अनुपात ११।३३ प्रतिशतमा झरेको छ।
बैंकले ४।२४ प्रतिशतको ब्याज स्प्रेडमा बसेर काम गरेको छ। बैंकको आधार दर पनि एक प्रतिशत बिन्दुभन्दा बढिले घटेर १०।३१ प्रतिशतमा आएको छ। बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ हाराहारी छ।