Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण

ललितपुर । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । जसमा ४ महिला र १ पुरुष जना रहेका छन् । संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो । हिजो बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् । सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका ८ लुभुका २३ वर्षको महिला मा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो । संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको छ, डा. गेलालले भने, अहिलेसम्म १५ जनामा संक्रमण देखिइसकेको छ । यसअघि गत मंगलबार मात्रै एक जनामा संक्रमण भएको थियो । कतारबाट गत असार ११ गते नेपाल आएका ललितपुर महानगरपालिकाको. १४ नखिपोटका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । यसअघि बाग्मती गाउँपालिकाको प्युटारमा १४ वर्षीय बालिका र भैसीपाटीमा साढे २ बर्षको बच्चामा पनि कोरोना भेटिइसकेको छ ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

प्रदेशका माननीयलाई एमालेको डण्डा

२०८१ मंसिर १२

ताजा नेपाल