Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सीसीएमसीले यातायात व्यवस्था विभागलाई अनुमति दिएको हो । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोभिड प्रोटोकल पालना गर्दै परीक्षा संचालन गर्न अनुमति दिएको बताए । परीक्षाका लागि आवेदन फर्म यसैसातादेखि खुल्ने जनाइएको छ ।