Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाखौं जनता सडकमा, सुरक्षाकर्मीको नियन्त्रणबाहिर

काठमाडौं । जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् ।

आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् । यो अपडेट लेख्दासम्म प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको निजी निवाससहित शीर्ष नेताका घरमा आक्रमण र आगजनी भएको छ।

केही ठाउँमा आन्दोलनकारीले रास्वपा कार्यालयमा पनि आगजनी गरेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा विहानैदेखि कफ्र्यु घोषणा भएपछि आन्दोलनकारीले प्रशासनको आदेश अवज्ञा गर्दै ठूला ठूला प्रदर्शन गरेका छन् ।

मध्यान्ह १२ बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् । परिस्थिति नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रण बाहिर गएको छ । औपचारिक रूपमा कुनै पनि निकायका अधिकारीले प्रतिक्रिया दिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
तर, त्यतिन्जेल परिस्थिति सरकारको नियन्त्रणबाट बाहिर गइसक्ने देखिएको छ । धेरैजसो आन्दोलनका मोर्चाबाट प्रहरी पछाडि हटिसकेका छन् । काठमाडौंसहित देशका प्रमुख सहरका मुख्य सडक आन्दोलनकारीका कब्जामा छन् ।

दमन गर्दा हिजोको जस्तै मानवीय क्षति हुने भएकाले प्रहरी आफैँ पछि हट्दैछन् । नेपाली सेनाका प्रवक्ताले आफूहरू छलफलमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर निकासको पहल नगरे ठूलो क्षति हुने चेतावनी बौद्धिक समुदायले समेत दिइरहेका छन् । साँझ ६ बजेसम्म देशको सुरक्षा निकायले आन्दोलन धान्न सक्ने अवस्था देखिएको छैन ।


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल