Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवाबाट असोज २२ गते एपीएफ टोलीले ६० वटा नाईट्रभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको कुर्था गाउँपालिका ६ चमारटोल बस्ने २३ वर्षिय सरोजकुमार चमार छन् । ज ७ प ८१९० नम्बरको मोटरसाईकलमा सवार निज चमारलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका चमारलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल