Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित त्रियुगा नगरपालिका–६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी ३० वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको स. ९ प ८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका– ८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका–९ बस्ने ४१ वर्षीय गोविन्द प्रसाद भण्डारी र रतुवामाई नगरपालिका–५ घोपाबाधटोल बस्ने ३४ वर्षीय दिपक पौडेललाई नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स डिसी ५ बोतल र पौरुष जीवन ८४ क्याप्सुल भएको ८ प्याकेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले को.५ प १५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिली ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभा खादबारीनगरपालिका–३ बस्ने ३४ वर्षीय बिक्रम राई,झापा बिर्तामोड नगरपालिका–२ बस्ने २२ वर्षीय तुम्बा भन्ने निर्मल चौधरी र झापा बिर्तामोड नगरपालिका–४ बस्ने २४ वर्षीय कल्याण क्षेत्री रहेका छन् ।

पक्राउमध्ये राईको साथबाट १ सय २५ मिली ग्राम, चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्रामउक्त पदार्थ प्रहरीले बरामद गरेको हो ।


सम्बन्धित समाचार