Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित समातिए सिंह

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेशनस्थित पूर्वपश्चिम राजमार्गबाट पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २६ वर्षीय अनुज राईलाई नियन्त्रित लागूऔषध लुपिजेसिक १७ एम्पुल, डाईजेपाम १७ एम्पुल र प्रोमोजोन १९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को।३ प ६४८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार