Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमलाई करोड बुझाएर लाए लामाले फुली

काठमाडौं । सरकारले वैशाख २१ गते एआईजीका निम्ति सिफारिश भएका सशस्त्र प्रहरीका डिआईजी नारायण दत्त पौडेललाई शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकबाट एआईजीमा बढुवा गरेको छ । वैशाख २३ गते नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामाको एआईजीमा सिफारिश गरिए पनि शुक्रबारकै मन्त्रिपरिषद् बैठकले दुवै जनाको बढुवा स्वीकृत गरेको हो । लामा आगामी आइतबार जेठ ८ गते अवकाश हुने छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । वैशाख २३ मा बढुवा समितिले डीआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागी सिफारिस गरेको थियो ।

प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भए पनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो । सशस्त्रमा वैशाख १९ बाट अर्को एउटा एआईजीको पद रिक्त छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए ।

एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् । जेठ आठ गते अवकाश हुनुपर्ने बसन्त लामाले ठेकेदार जिपछिरिङ लामामार्फत् रु १ करोड बुढानिलकण्ठ पुर्याएको प्रहरीभित्र चर्चा छ । लामा अहिले प्रहरीको प्रबन्ध शाखाका प्रमुख छन् । प्रबन्ध शाखा प्रमुखलाई करोड जुटाउन गाह्रो थिएन । प्रहरीभित्र लामा विवादित अनुहारमा पर्दछन् ।