Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन्। सरकारको नीति कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ओलीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे मौन रहेको टिप्पणी गरे। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन। प्रस्तावित नीति तथा कायक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन,’ ओलीले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमणतर्फ इंगित गर्दै उनले भारत नेपालको छिमेकी र मित्र भएकाले आफूलाई परेको मर्का खुलस्त राख्नुपर्ने बताए। उनले प्रधानमन्त्री प्रचण्डलाई ‘छिमेकीको सम्बन्धलाई कसरी लिनु भएको छ ? राष्ट्रिय हितका इस्युहरू खुलस्त राख्नुभएको छ कि छैन ? समस्याका कारणहरू र समाधानका विषयमा सम्वाद गर्नुभएको छ कि छैन ? समस्या छन् भने राख्नुभएको छ कि छैन ?’ भनेर प्रश्न गरे। कालापानी क्षेत्रमा नयाँ संरचना बनेको विषय बाहिर आएको भन्दै ओलीले यसबारे संसदलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरे। उनले विदेश सम्बन्धलाई व्यक्तिगत अभिष्टमा सञ्चालन गर्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।
एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरे। नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेकाले पुनर्लेखन गर्नुपर्ने उनको भनाइ छ। ओलीले सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप लगाए।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल