Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लिम्बु फिल्म ‘सुुगुप’लाई चार अवार्ड

राजधानीको सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित चलचित्र ‘सुगुप’ले पब्लिक चोइस अवार्ड, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पाश्र्व संगीत गरि चार ओटा अवार्ड जित्न सफल भएको छ । पब्लिक च्वाईस अवार्ड सहित नगद रु. ३५ हजार हात पारेको हुन् । उत्कृष्ट छायांकनबाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङ राईले प्राप्त गर्नुभएको हो ।
एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार, रितिथिती, गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ ।
चलचित्र सुगुपमा यासेली योङहाङ, प्रेम सुब्बा, मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा लगायतका कलाकारहरुको जीवन्तअभिनय रहेको छ । यसको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो हुन् ।