Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटाहा प्रदीपलाई कसले पाता कस्ला ?

काठमाडौं । पर्यटन भ्रमण वर्ष सफल पार्न विदेशी पर्यटकको आकर्षण केन्द्र मानिएको त्रिभुवन विमानस्थलको भौतिक संरचनाले संकेत गर्छ । राम्रो गर्दागर्दै षड्यन्त्रपूर्ण ढंगले खेदिएका हाकिम अहिले पनि पेलानमा छन् । तर एयरपोर्टको आम्दानी आफ्नो स्वार्थमा महिनौ प्रयोग गर्ने महाप्रबन्धक देवेन्द्र केसी लेखा प्रमुख विष्णु मरासिनीको मनपरी टुलुटुलु हेर्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल विभागीय मन्त्री आफैं भए जस्तै मनपरी गर्ने प्रदीप अधिकारी जस्ता लुटाहाको मनपरी झन बढेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु भैरहवा पोखरा र निजगढको प्रमुख बनाइएका प्रदीप अधिकारीको नीतिगत भ्रष्टाचार चर्केको छ । ११ औं तहका अधिकारीले नेशनल चाइना एरो टेक्नोलोजीलाई ठेक्का दिँदा ऐन कानुनको धज्जी उडाइएको कसले हेर्ने ? राज्यको बजेट लुट्न रु ९ अर्ब २० करोडको ठेक्कामा प्रतिस्पर्धी कम्पनीहरुलाई वाइपास गरियो । अधिकारीले चलाएको लूटले देशलाई रु २ अर्ब ध्वस्त गरिँदैछ । प्रतिस्पर्धी अरु कम्पनीलाई बाइपास गर्ने योजनाकार नै प्रदीप हुन् ।

नीतिगत भ्रष्टाचारमा सरकारका मन्त्री सहभागी छन् । प्रधानमन्त्री ओलीले बुटिक एयरपोर्टको भद्रगोल बारे कति गम्भीरता दर्शाए विभागीय मन्त्री योगेश भट्टराईले के सोचे कर्मचारीहरु समेत दंग छन् । नीतिगत भ्रष्टाचार वर्तमान सरकारको पौरख बन्दैछ । चाइना रेल्वेका भगिनी कम्पनी कोमेक र तुदीले पनि बोलपात्रमा सहभागिता जनाएका थिए । यो डिजाइन लुटाह उनै प्रदीप अधिकारीको हो । आफैंले खर्च गरेर योगेश भट्टराईलाई मन्त्री बनाएको दाबी गर्ने प्रदीपलाई राष्ट्रिय गौरवका आयोजना सबैको जिम्मा किन दिइयो ? यहाँ महानिर्देशक राजन पोखरेल, पूर्व महानिर्देशक सञ्जिव गौतमको लापरबाही छानविन गर्ने निकाय कहाँ छन् ? एरोड्रम डिपार्टमेन्ट प्रमुख अधिकारी महानिर्देशक हुन कि काँग्रेस नेता र मन्त्रीका भाषण लेखेकै भरमा महानिर्देशक भएका, मुस्ताङ बाहेक कुनै एयरपोर्टको जिम्मेवारी नलिएका राजन महानिर्देशक कामको जिम्मेवारी र प्राधिकरणको ताल देख्दा शंका हुन्छ ।

हरेक बीलमा २० प्रतिशत घुस खोज्ने प्रदीपलाई पोखरा विमानस्थलमा २ करोडको काम २२ करोडमा ठेक्का दिलाएर रु १२ करोड सोझै खाएको आरोप पनि लागेकै छ । एकसँग सम्झौता गर्ने काम अर्कोलाई दिने प्रदीप नागरिक उड्डयन प्राधिकरणमा गुण्डाका नेता भनेर चिनिन्छन् । एप्रोन र टेक्सी वे निर्माणमा एयरपोर्टको भ्रष्टाचार छानविन हुने हो भने प्रदीपलाई पाता कस्ने ठाउँ छन् । रेगुलेशन र अडिटको काम हेर्ने एरोड्रम सेफ्टी डिपार्टमेन्टको हाकिमले कुन आधारमा पाए राष्ट्रिय गौरवको योजनाको अधिकार ? जबकि उनैलाई इञ्जिनियरिङ विभागको समेत प्रमुख बनाइयो । त्यो विभाग हेर्न सक्ने हाकिम थुप्रै छन् । त्यहाँ नालायक भ्रष्टहरु एक ठाउँ छन् । प्रदीपकै कारण मुरारी खतिवडा, मुरारी भण्डारी, राजकुमार क्षेत्रीहरुलाई काम बिहीन बनाइएको छ । २३ अर्बको योजना प्रदीपलाई दिलाउने अयोग्य महानिर्देशक राजन पोरखेल यहाँ बाँधिने ठाउँ धेरै छन् । प्राधिकरण आफूले ठेकेदारलाई दिलाउनु पर्ने सामग्री दिलाउन पनि नसक्नुको कारण नियोजित भ्रष्टाचार हो । पर्यटन भ्रमण वर्षलाई असर गर्ने काम नागरिक उड्डयन प्राधिकरणबाटै भएको पत्तो मन्त्रालयले पाएकै छैन ।