Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकतन्त्रमा पनि लुटकै प्रगति

काठमाडौं । असफल नेता, भ्रष्टाचारी मन्त्रीको कारण कारण नेपालको ऋण १७ खर्ब ३४ अर्ब ४७ करोडबाट बढेर रु २० खर्ब, ११ अर्ब ५८ हरोड पुगेको छ । ०७४ को निर्वाचनबाट बनेको कम्युनिष्ट सरकार बस्दा भएको ९ खर्ब १७ अर्बबाट ४१ महिनाको कम्युनिष्ट शासनमा रु १९ अर्ब ३७ करोड ऋण बढाएर समृद्धि र विकासको मोर्चा बनाएको थियो । कम्युनिष्ट, काँग्रेस, जसपा, समाजवादी र मसालको खिचडी देउवाको सरकार झन् के कम ? यो सरकारले सार्वजनिक ऋण रु २ खर्ब ७७ अर्ब ११ करोड बनाएको छ । यो ऋण असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड पुगेको छ । नेपाली जनताले राज्यका यिनै ब्वाँसा पाल्दा र पोस्दा आफ्नो थाप्लोमा ६८ हजार ९०७ ऋण बोकेका छन् ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । राष्ट्र बैङ्कका अनुसार रु १० खर्ब २७ अर्ब ३० करोड वैदेशिक हो भने ९ खर्ब ८४ करोड स्वदेशी हो, जनतामाथि महंगी थुपार्ने, भ्रष्टाचार बढाउने प्रतिस्पर्धामा लागेका काँग्रेस र कम्युनिष्टले लोकतन्त्रमाथि प्रहार गरेका छन् । तिनै लुटाहाले शासक बनेर कम्युनिष्ट आचरण तिलाञ्जली दिँदै आफैं जान्ने, आफैं जान्ने बनेका छन् । यो सरकारले ४ खर्ब ९८ अर्ब २६ करोड रूपैयाँ ऋण उठाउन आन्तरिक ऋण रु २ खर्ब ५६ अर्ब र वैदेशिक ऋण २ अर्ब ४२ अर्ब २६ रूपैयाँ देखाएको छ । कसको ढंग नपुग्दा ऋण बढेको हो । योजनाको तयारी बिना बजेट पठाउने उपाभोक्ताबाट झ्वाम पार्ने, दलका गुटका कार्यकर्तालाई बाटाको झार उखेल्न लगाएर बजेट सक्ने, अध्ययन बिनाको पानी जहाज विभागको स्थापना गर्ने र नारायणी नदीमा पानी जहाजको रूपमा स्टीमरलाई अनुदान दिने को हो ? २ करोड ५० लाखको आइटी पार्क निर्माण गर्दा ४ करोड ५० लाखको खजना गर्ने को हो ? कोरोनाको नाममा औषधिजन्य वस्तु खरिदमा बजार मूल्यभन्दा २५ गुणा बढी मूल्य भुक्तानी गर्ने को हो ? अख्तियारबाट बच्न नीतिगत लुट कसले शुरु गरेको हो ? भ्युटावर, सभागृहहरूलाई अरवौं रूपैयाँ दिएर निर्माण सम्पन्न नहुँदै शिलालेख टाँसेर उद्घाटन गर्ने पौरखी को हो ?
राज्य स्रोतबाट १८ करोड भन्दा बढी सहयोग लिएर मृगौला उपचार आफू गर्ने, पछिल्लो चरणमा विदेशको उपचार खर्च प्रचार नगर्ने, एनसेलको रु ७६ अर्ब राजश्व उठाउन नसक्ने झण्डै २ तिहाईको बलियो सरकार चलाउने को हो ? उपचार खर्च छैन भन्ने तारे होटलमा तिजको भोज खुवाउने जोक्कर काकाका लागि यो भद्रगोल स्वाभाविक लाग्न सक्छ । जसले ५ करोडसम्मका योजना पनि कब्जा ग¥यो ।