Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्तमान सत्ता समिकरणसँग जोडिएको चीन–रुस धु्रव

  • अर्जुन ज्ञवाली

भुराजनीतिमा संतुलन कायम गर्न नसके परिणाम भयावह हुन्छ । रुस विरुद्ध युक्रेनले अमेरिकी आडमा नाटो भिœयाउँदा युक्रेनी जनता युद्धको भुमरीमा जकडिएका छन् । सम्भवत अब युक्रेन बिभाजन हुँदैछ र आधा युक्रेन रूसमा विलय हुने सम्भावना बढ्दो छ । यो युग सन् १९९० अगाडिको युग होइन । सन् ९० अगाडि चीन, भारत, नेपाल लगायतका देशहरू असम्लग्न राष्ट्र थिए । अहिले चीन÷रुस एउटा ध्रुवमा उभिएका छन् । १९९० अगाडि भारत रुसी ध्रुवमा थियो अहिले भारत अघोषित अमेरिकी ध्रुवमा उभिएको छ । बिपि कोइरालाको अति पश्चिमाकरणका कारण २०१७ सालमा चीन, रुस, भारतले महेन्द्रलाई सहयोग गरे तथापि पछि भारतले राजा महेन्द्रबाट स्वार्थपूर्ति नहुने भएपछि सुबर्णसमसेरलाई लगाएर महेन्द्रको हत्या गर्न जनकपुरमा दुर्गानन्द झामार्फत् महेन्द्र माथि बम प्रहार भयो ।

ततपश्चात् २०१९ सालमा चिनका तत्कालीन रक्षामन्त्री मार्शल चेङ यी नेपाल आएर नेहरूलाइ थ्रेट दिएको इतिहास रेकर्डमा छ । अहिले नेपालमा राजतन्त्र यहाँको इन्डो÷अमेरिकी सेनाले बिस्थापन गरेको छ जसरी कम्बोडियामा लोननोल नेतृत्वको अमेरिकी सेनाले गरेको थियोे । यो अवस्थामा काँग्रेस नामक बिपि कोइरालाको पार्टीले युक्रेनलाई समर्थन, बिआरआइ रोक्ने भुमिका चीनविरुद्ध दलाइलामाको खेल मैदान बनाउन खोज्दाको परिणाम बर्तमान सतासमिकण हो । अब विरेन्द्र हत्यागरेर ज्ञानेन्द्रलाइ र पारसलाई अपराधी करार गरेर गणतन्त्र ल्याएको सेना यदि इन्डो÷अमेरिकी कित्ताबाट खेल्न खोज्यो भने रुसले युक्रेनमा जस्तै चिनले नेपालमा सैनिक अप्रेसन गर्न बाध्य हुने अवस्था सिर्जना हुनेछ । भु–राजनीति मजाग होइन । विरेन्द्रको हत्या गरेको हत्यारो सैनिक हेडक्वाटरसँग अब यात नेपाल एकीकरणको लिगेसीसँग आत्मसमर्पण गरेर २०१७ मा तत्कालिन राजा महेन्द्रलाई जिम्मेवारी दिएजस्तै दिने यात कम्बोडियामा जस्तो विघटन हुन तयार हुने अवस्था नेपालको वर्तमान भुराजनीतिले देखाइरहेको छ ।

यो अवस्थामा प्रचण्डको नेतृत्व बामपंथी एकता साथ महेन्द्र मोडेलमा लामो समय जानसक्छ । माओवादी र एमाले साथै बामपंथी किताका इन्डियन र अति पश्चिमाहरू बाबुराम भट्टराईजस्तै किनारमा धकेलिने छन् । बामपंथी पार्टी भित्रका इन्डो/पश्चिमा अनुचरहरूको अब सफायानै हुनेछ । बिपि कोइरालालाई राष्ट्रबादी देख्ने दरबारिया अमेरिकी अनुचरहरू र कुख्यात मण्डलेहरूले अब धर्म र राजतन्त्रको आवरणमा इन्डो/पश्चिमा कितामा बसेर च्याखे नथाप्दा हुन्छ । भुराजनीतिमा प्रचण्डको प्रयोग नयाँ मोडेलमा हुनसक्छ । अब पश्चिमाको बफादार बनेर केपी ओलिले निभाएको दोहोरो भुमिकाको अन्त्य भएको छ अघोषित रूपमा विधा भण्डारी बामपंथी ध्रुवीकरणको केन्द्रमा हुनुहुन्छ । इतिहासमा डा. केशरजंग रायमाझीले जसरी भुराजनीति सन्तुलनको भुमिका निभाउनु भएको थियोे बिधा भण्डारीले अहिले अन्तर्राष्ट्रिय भुराजनीति सन्तुलन कायम गर्नुभएको छ । पुष्पलाल नामक इन्डियन जासुसले कम्युनिस्ट आवरणमा भ्रमदिए जस्तो दिने दिनहरू अब समाप्त भइसकेका छन् । बीपी कोइरालाको सोसलिष्ट धारलाई कम्युनिष्ट आवरणमा प्रजातन्त्र देख्ने पुष्पलाल जस्ता इन्डो÷पश्चिमा अनुचरहरूको इतिहास कालो पोतिएको देशद्रोही इतिहासको रुपमा दर्ज हुनेछ । इतिहास सय÷पचास वर्षको हुँद्यैन ।

युवराज पारस बुबा ज्ञानेन्द्रले चिनियाँहरूसँग वार्ता गरुन् भन्ने पक्षमा थिए
अहिलेको सत्तासमिकरण सम्सदिय जोडघटाउ मात्रै होईन । सेना र काग्रेसको अति इन्डो/पश्चिमाकरण जेलेन्स्की, युक्रेनी मोडेलका कारण खराब मध्यको कम खराब विकल्प हो । राजा महेन्द्रको असम्लग्न बिदेशनीतिलाई तोडेर लोकतान्त्रिक जामा पहिरिएर रुस विरुद्ध युक्रेनलाई अमेरिकी खेल मैदान बनाउन खोजेजस्तै चीनविरुद्ध नेपाललाई अमेरिकी खेलमैदान बनाउन खोज्नुको परिणाम बामपन्थी किताको पश्चिमा प्लेटफर्मबाटै चिनियाँहरूको उपस्थिति हो । तथापि अहिलेका यी वापमन्थीहरूभित्र अधिकांश इन्डो/पश्चिमा मिशनरीकै अनुचरहरूकै बाहुल्यता छ । अबको नेपाली राजनीति यात २०१७ सालको जस्तो महेन्द्र मोडेल हो या कम्बोडियाको, मालदिभ्सको जस्तै राजनीतिक मार्ग हो । यो अवस्था जसरी बिपि कोइरालाको अति पश्चिमाकरणका कारण २०१७ पौष १ को राजा महेन्द्रको कदम सृजना भएको थियोे ठिक त्यसकै नयाँ मोडेलको सुरुवात हो बर्तमान सत्तासमीकरण ।

आजको अवस्था ल्याउन कोको जिम्मेवारछन ?
१) पहिलो संविधानसभा विघटनपछि पूर्व प्रधानमन्त्री मरिचमान सिह मार्फत चिनियाँ जनमुक्ति सेनाको ९ सदस्यीय टोलिले राजा ज्ञानेन्द्रलाइ भेटन खोज्दा उहाँले भेटनुभएन । तत्पश्चात् युवराज पारसलाई बैङककमा घेराबन्दी गरियो । किनकि युवराज पारस चिनियाँहरूसँग बुबा राजा ज्ञानेन्द्रले बार्ता गरून् भन्नेमा थिए । यो वार्ता इन्डो÷अमेरिकी र कथित नेपालको सेनाको घेरा तोडेर गर्न नसक्नुको परिणाम दोस्रो संविधानसभाको निर्वाचन भयो ।
२) पहिलो संविधानसभा विघटनपछि तत्कालीन माओवादी पार्टी बिभाजन भयो । मोहन बैधलाई चिनले निमन्त्रणा ग¥यो । इन्डियन चर्च मार्फत पश्चिमासँग जोडिएका बैधले नेपालको अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रनासाथ चिनियाँहरूसँग भएका गोप्य विषय खुलासा गरे । उनको च्याप्टर सकियो ।
३) तत्पश्चात् नेकपा एमाले र माओवादी एकीकरण गरियो बामपंथी सरकार बन्यो ,केपी ओलि प्रधानमन्त्री भए । बाहिर राष्ट्रबादको आवरणमा देखिएका ओलिले चीनसँगका कतिपय गोप्य विषय अमेरिकन र इन्डियनलाई दिए । बिआरआइ कार्यान्वयन रोके । एमसिसि अगाडि बढाउन क्रियाशिल रहे अन्ततः नेकपा बिभाजन गराइयो । तथापि तत्कालीन राष्ट्रपति बिधा भण्डारीले चिनियाँसँगको सम्बन्ध बिग्रन दिनुभएन ।
४) कम्युनिष्ट आवरणमा पुस्पलाल नाम गरेको इन्डियन भुस्या कुकुरले जसरी चिनको जासुसी गरेर इन्डियनलाई सूचना दिँदै महेन्द्र विरुद्ध ,चीन÷रुससँग समदुरी सम्बन्ध भएका डा. केशरजंग रायमाझी विरुद्ध क्रान्तिकारी आवरणमा काम गर्दथ्यो बैध र ओलिले त्यही गरे ।
५) केपी ओलिको अति पश्चिमाकरणले प्रचण्डलाई देउवाकोमा पु¥यायो । एमसिसि प्रकरणमा आइपुग्दा प्रचण्ड एमसिसि रोकौ बामपंथी एकता गरौं भन्दै ओलिकोमा पुगे तर ओलिले देउवासँग मिलेर त्यहीँ समयमा गठबन्धन भत्काएर एमसिसि पास गर्ने सुइको पाएपछि प्रचण्डले १२ बुँदे ब्याख्यात्म बुँदा राखेर एमसिसि पारित गर्न पुगे तर एमसिसि तत्कालिन राष्ट्रपति बिधा भण्डारीबाट अनुमोदन नहुने सुइँको पाएपछि राष्ट्रपतिकोमा पठाइएन ।
६) अहिले कांग्रेसले प्रचण्डलाई अगाडि लगाएर राजा महेन्द्रको असम्लग्न प्रराष्ट्रनीति विरुद्ध युक्रेनलाई समर्थन गर्नेदेखि लुम्बिनीमा दलाइ लामालाई बोलाउने हर्कतको परिणाम हो अहिलेको समीकरण ।
७) युक्रेनको नवनाजिवादी जेलेन्स्की मोडेलमा भारतीय आर एस एस र दरबारहत्याकाण्ड गराउने सेना भित्रको गिरोह कांग्रेसलाई अगाडि लगाएर हिन्दूगणतन्त्रको स्थापना साथ चीन बिरोधि आरएसएस नाजिबादको स्थापना गर्ने उद्देश्यको परिणाम नयाँ समीकरणको बर्तमान अवस्था सृजना हुन गयो ।
८) अब मुलुकमा संबैधानिक राजतन्त्र ,बेबिकिङ,कल्चरल किङको इन्डो÷ पश्चिमा एजेन्डाको च्याप्टर सधैको लागि बन्द भएको छ । यात राजा महेन्द्रको असम्लग्न प्रराष्ट्रनीति स्विकारेर २०१७ को मोडेल हो यात बामपंथी ध्रुवीकरण सहितको सता मार्फत कम्बोडियाको नयाँ फ्रेममा माल्दिभ्स मोडेल हो । अबको प्राथमिकता बिआरआइको सिघ्र कार्यान्वयन हो । इतिहास तोडिएको छ । अब बिपि र पुष्पलाल नाम गरेका पश्चिमा र इन्डियन पाल्तु कुकुरहरूको एजेन्डामा होइन टङ्कप्रसाद आचार्य, डा. केशरजङ्ग रायमाझी योगि नरहरिनाथको आध्यात्मिक धारमा इन्डो÷ पश्चिमा बिरोध राज्यसत्ताको निर्माण हो । ध्रुवीकरणको यो चरणमा बामपंथीहरू मात्रै होईन सेना र परंपरागत शक्ति कुन कित्तामा उभिने ? समयमै सेना र परंपरागत शक्ति इन्डो÷ पश्चिमा बिरोधि कित्तामा उभिएनन भने सेना कम्बोडियामा जस्तै विघटन हुनेछ भने कांग्रेस च्याङकाइसेककै अवस्थामा पुग्नेछ
९) भुराजनीति मजाग होईन कांग्रेस र सेनाले कमजोर राजा धम्क्याए जस्तो होईन भुराजनीति । सबैलाई चेतना भया ।