Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वाईसीएल अध्यक्षमा सुवोध श्रीपाली

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन्। संगठनको महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन्। यस्तै संगठनले पदाधिकारी संख्या ६१ बनाएको छ। यसअघि माओवादीनिकट पत्रकारको संगठन प्रेस संगठनले पनि ६१ सदस्यीय पदाधिकारी बनाएको थियोे। आइतबार सकिएको राष्ट्रिय भेलाले नेतृत्वसँगै ३५१ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ। अध्यक्ष सुमन देवकोटा उमेरहदका कारण नेतृत्वबाट हटेका छन्। पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ। यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए। वाईसीएलमा ४० वर्षमुनिका युवाहरु मात्रै रहने प्रावधान छ।