Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेवका दाम्ला तन्किन थाले

काठमाडौँ । जनताको सेवा होइन, आफ्नै स्वार्थ नेकपाको मूल नेतृत्वको पहिचान बन्दैछ । किनकि आठ लाख कार्यकर्ता भएको पार्टीले कोरोनाको पीडाले रोजगारी गुमाएका जनता देखेन, प्रदेशको हालत उस्तै छ । मजदुरका नेता विष्णु रिमाल सिंहदरबारमा र शालिकराम जमरकट्टेल प्रदेशका शासक छन् तर रोजगारी गुमाएका २० लाख मजदुरको दैनिकीलाई चासो दिएका छैनन् । किसानका नेता वामदेव गौतमलाई किसानले धान खेतमा राख्ने रासायनिक मल नपाएकोमा चिन्ता छैन । किनकि वामदेव धान, गहुँ, मकैको उत्पादन पकेट क्षेत्र बर्दियाका नेता हुन् । उनी एमालेको किसान महासङ्घका अध्यक्ष थिए, त्यो पद पूर्वकृषिमन्त्री हरि पराजुलीलाई सुम्पेका छन् । वामदेवलाई सरकारले राष्ट्रिय सभामा लैजाने भएको छ । फेरो समातेर हिजो प्रहरीमा सरुवा–बढुवा र भर्नाको नाममा उठाउँदै हिँड्ने ठगहरूले शरीर तन्काउन थालेका छन् । पटक–पटक केपी ओलीको भकुन्डो भएर पनि उनकै पाउ पर्न सक्ने यी वामदेवलाई राष्ट्रवादी नेता भनिने समय पनि थियो । आज वामदेवलाई स्वार्थका लागि जता पनि ढल्किने नेताको रूपमा लिइन्छ । यिनले चुनाव हारेका होइनन्, हराइएको हो, केपी ओली र ईश्वर पोखरेलको डिजाइनमा । तर चुनाव हराउनेहरू सबैलाई जोगाइयो । रिपोर्टसमेत सार्वजनिक भएन । त्यस्ता वामदेव कुन मन्त्री होलान् ? उनका हनुमानहरू तन्किन थालेका छन् । सत्ताबिना अडिन नसक्ने लुप्त चरित्रले दुर्गन्धित बनाएको छ । राष्टिय सभामा नारायणकाजी चुनिएर आउँदा वामदेवलाई प्रधानमन्त्री पदको हावा चल्यो । नैतिकताको दृष्टिले हेर्ने हो भने वामदेव र नारायणकाजीले पार्टी जीवनमै बिताउनुपथ्र्यो । उपप्रमसहित गृह मन्त्रालय उनले हाँकेकै थिए । सत्ता के हो, उनलाई थाहा थियो । ओली शासन नेपालको इतिहासमा भ्रष्टाचारी, व्यभिचारी, निरङ्कुश र लोकतन्त्रको विरोधी भएको कुरा सरकारकै व्यवहार र ओली गुटले चम्काएको राष्ट्रिय लुटले देखाउँछ । भ्रष्टाचारको आरोप लाग्दा गोकुल बाँस्कोटाले पदत्याग गरे । तर ओेम्नी समूहसँग जोडिएका उपप्रम ईश्वर पोखरेलले पद त्याग्न सकेनन् । पोखरेल नेपाल ट्रष्टको जग्गा भाडा काण्डमा पनि जोडिएकै छन् । एमालेमा गुण्डा दीपक मनाङे, तस्कार ल्हारक्याल लामा भित्र्याउने यिनै हुन् । एमालेलाई कलङ्क किन चाहियो ? समाजका डन र गुण्डा पर्शुराम बस्नेत र रमेश पौडेलले प्रम ओलीको संरक्षण पाएका थिए । यसको पछाडि महेश बस्नेत छन् । यस्तो पार्टी त्यस्ता केपी ओलीको मन्त्रिमण्डलमा वामदेवको प्रवेशले गति लिन्छ भन्ने विश्वास कसरी गर्ने ?