Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामपन्थी नेता एवं पूर्वराजदूत अजय शर्मा एमाले प्रवेश

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्मा दम्पत्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य सूर्य थापालगायतका नेताहरु हुनुहुन्थ्यो ।

०३५ सालमा मोहनविक्रम सिंह कार्वाहीमा परे । त्यो चर्चित काण्ड थियो– ‘जलजला‘ । २०३० साल अघिदेखि पार्टी पूर्णकालिन सदस्य विद्या ढकाल अर्थात् ‘जलजला‘ । उनी पार्टीभित्र कुशल संगठक थिइन । रोल्पाको थवाङमा संगठन निर्माण गर्ने मध्येकी एक महिला नेतृ उनी नै थिइन । उनैप्रति सिंहको गलत दृष्टिहरु परेको पुष्टि पछि सिंह कार्वाहीमा परे । जलजलाको २०३५ सालमा भारतमा दुर्घटनामा परी मृत्यु भनिए पनि अहिलेसम्म रहस्यमय नै छ । जलजलाकी सहोदर भाइ हुनुहुन्छ मर्क्सवादी अध्ययेता योगेन्द्र ढकाल उर्फ अजय शर्मा ।

अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका अजयका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् । राजदूत माओवादी कोटाबाट भए पनि उहाँ पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव हुनुहुन्थ्यो ।

हेर्नुहोस् एमाले प्रवेश गर्दै शर्मा दम्पतीले जारी गर्नुभएको प्रेस विज्ञप्तीको पूर्णपाठ स्


सम्बन्धित समाचार