Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विकासको बाधक अदालत

न्यायालयले समेत आफ्नो इज्जत जोगाउन नसक्दा जनताले न्याय पाएन । लोकतन्त्रको उपलब्धी यही हो । दलका कार्यकर्ता झण्डावालले अदालतको बेञ्चबाट दिलाउने न्यायमा अन्यायमा परेका व्यक्ति पर्दैन । अपराधी खुला रुपमा छात्ति फुलाएर हिँड्न पाउने गणतन्त्र अरु देशमा कहाँ छ । नेपालमा बलियो छ । त्यसमा तीन ठूला दलका ३ राजाले अडान लिन्छन् तिनकै कुरालाई कानुनले व्याख्या गर्छ दिउँसै रात पारेका घटना धेरै छन् ।
भ्रष्टाचारी र हत्यारालाई कानुनी कारबाही नहुनु भनेको विकासमा बाधा हो । अदालतमा न्यायका लागि पुग्नेको साहरा वरिष्ठ भएका वकिल पनि छैनन् । औंलामा गन्न सकिने कालो कोटेहरू विचौलिया बनेर न्यायको वैशाखीमा रमाएका छन् । सरकार छ, त्यसले अपराधी बचाउँछ, भ्रष्ट बलात्कारीको संरक्षण गर्छ । बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीको लाइन काट्न विद्युत प्राधिकरणलाई कति वर्ष लाग्यो तर गरिबको झुप्रोमा बलेको बत्तिको न्यूनतम महसुलको बील भुक्तानी नहुँदा बिजुली काटिन्छ । पानीको पनि त्यस्तै हो । शिक्षा, स्वास्थ्यको क्षेत्र त्यही हो । प्रहरीलाई प्रहरी बन्न नदिने, निजामती प्रशासनलाई दलगत टोली लगाएर कमाउने र कुम्ल्याउने ठाउँ दिलाउने जस्ता अपराध चरम छ । न्यायालय साक्षी बस्छ अपराधीलाई राज्यले कारबाही गर्दा कानुन खेलाएर न्यायलय बाधक बन्छ । ज्यूँदाको जन्ती, मर्दाको मलामीमा पनि भेद गरियो । भएको समाज अस्तव्यस्त बनाउने काम तिनैले गरे जो निरन्तर सत्तामा छ, उसैलाई पुगेको छैन । अन्यायमा परेर मान्छे अदालत जान्छ, दलीय ढाँचाको त्यो अदालत कानुन हेर्दैन । दलको नेताको इशारा खोज्छ ।
अख्तियारमा भ्रष्टमाथि कारबाही गर्न तागत छैन किनकि त्यहाँ दलका नेतालाई खुशी पारेर गाडी र झण्डामा रमाएका चरित्र छन् । नेतालाई नै पुगेको छैन । महंगा गाडी, ठूला महलमा तिनै रमाएका छन्, जो लोकतन्त्रको मर्म र भावना माथि रमाएका छन् । राजा हुँदाको राष्ट्रिय स्वाभिमानलाई जनताको छोरो राष्ट्रपति हुँदा देश कता जाँदैछ, कता लगिँदैछ चासो राख्दैन । दलकै कार्यकर्ताका लागि देशका राजश्व ध्वस्त छ । अरवौंको विकास योजनामाथि अदालत बाधक बन्छ । नागरिकता जस्तो विषय दलका लागि मकै भटमास खाए सरह भएको छ । अख्तियारकै छानविन कमजोर बनाउने प्रशासनभित्र दलीय प्रपञ्च जम्मा हुने, न्ययिक र संवैधानिक तहमा दलीय रंग चम्कने । आर्थिक उदाहरणिकरणको नाममा भएका उद्योग बेचेर जनताको सामाजि रुपान्तरणमा चासो र चिन्ता राज्यका शासकमा भएन । सेना सीमाको रक्षा कजब भएन । ऊ व्यापार गर्छ, जग्गा प्लटिङ गर्छ, सडक बनाउन ठेक्का लिन्छ । जनयुद्धको बेला नेपाली दाजुभाईको कत्लेआम गर्छ, नारीको अस्मिता लुट्छ । त्यस्तो सेना देशको गौरव कसरी हुन्छ ? प्रहरी हे¥यो त्यस्तै छ । काँग्रेस र एमाले बनेर प्रहरी सडकमा आउँछ । उसको धेय जनताको सम्पत्तिको संरक्षण होइन । अपराधीसँग मिल्ने कमाउने त्यो संस्था कसरी यस्तो भयो ? चिन्ता कसैको छैन ।
समाज रुपान्तरणका लागि समय चाहिन्छ, त्यो समय कति हो ? एउटा डाक्टर नर्सिङ कलेज बन्द गरेर छिमेकीप्रति बफादार भएर देशको पुँजी पलायन भयो । राजनीतिक आदर्शमा छेउ, टुप्पो, जह्रा नभएका हर्क साम्पाङ, बालेन शाह हुँदै दुर्गा प्रसाई जस्तो बैङ्कको ऋण लिएर ब्याज मिनाहाको कुरा उठाउनु सट्टा ऋण नै मिनाहा गर्नुपर्छ भन्ने मान्छे जनताको ढुकढुकी बन्न पुग्नुमा राजनीतिक बेइमानी र अदालती न्याय दोषी हो । दलीय चरित्रले कानुनको मर्यादामा बसेर राज्यको नीति निर्माणमा भएको भए नेताको देवत्वकरणमा राजनीति केन्द्रीत हुने थिएन । यो भद्रगोल सुधार्ने सुधारक कस्तो होला ?


सम्बन्धित समाचार