Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विकासे अड्डाका इञ्जिनियर निगरानीमा !

काठमाडौं । देश लुट्ने राजनीतिज्ञ छँदैछन् । मन्त्री, सचिव, आयोजना प्रमुखहरूलाई नीतिगत भ्रष्टाचार गर्न कम्युनिष्ट पार्टीको ओली सरकारले छूट दिएकै बेला गुप्तचरले अर्थ मन्त्रालयसँग जोडिएको भन्सार र राजश्वका एक एक कर्मचारीको सम्पत्ति निगरानी गरेको झ्याली पिटिँदै छ । नेपालको गुप्तचरको क्षमता कति छ ? नेताले त्यो संस्था कता लगे सबै छर्लङ्ग छ । इञ्जिनियरहरू थर्कमान छन् । स्थानीय तह, सडक, शहरी विकास, स्वास्थ्य, शिक्षा, सिञ्चाई, खानेपानी, विद्युत प्राधिकरण, दूरसञ्चार क्षेत्रका प्राविधिकहरूलाई पनि निगरानी राख्न थालिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्राविधिकहरूबाट ठूलो रकम भ्रष्टाचार हुन्छ । राजनीतिक तह तिनको पछाडि रहने गर्छ । हिजो प्रम ओलीले के के न गर्छन् भन्ने थियो । उनले गृहअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहतमा ल्याएको झण्डै २ वर्ष पुग्नै लाग्दा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी कानुन ल्याउन सफल भएका हुन् । प्रमले अर्थबाट सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागलाई आफू मातहतमा ल्याएर अर्थसँग जोडिएका राजश्वसँग जेलिएका कर्मचारीको स्तर पारिवारिक हैसियत, सम्पत्तिको बढोत्तरीक्रमलाई समेत खुलासा गर्न बल्ल त्यही गुप्तचरलाई प्रयोग गरेका छन् । सशस्त्र प्रहरी र सेनाको गुप्तचरले समेत राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति खोजेका छन् । कर्मचारी तर्साउन यो खेल खेलेका ओली र उनको कमाण्डको गुप्तचरले भित्री कामको मूल्यांकन गर्ने छौडद्वय डा. राजन भट्टराई र विष्णु रिमाल कहाँबाट कसरी सञ्चालित छन् पत्तो पाएका छन् कि छैनन् ?

उनीहरूको काम नेपालको सूचना रअ र सिआइएसम्म पु¥याउनु हो । एपेन्डिसाइटिस र मृगौला रोगको शिकार भई प्रम अस्पतालमा थन्किँदा गुप्तचरको दैनिक रिपोर्ट लिएर विष्णु रिमालले कहाँ बुझाए पत्तो पाएका छैनन् । गुप्तचरले प्रधानमन्त्रीका भारदारहरूको सम्पत्ति निगरानी गर्न पाउँछ कि पाउँदैन ? हिजोका चप्पल कान्छाचहरू ओलीको आडमा करोडपति भएका कति छन् एमालेमा ? सेनाले ठेक्का लिएको फास्ट ट्य्राकको प्रगति त लज्जाजनक छ । परामर्शदाता र ठूला इञ्जिनियरहरू त्यहाँ थुप्रै छन् । तर राज्यले त्यहाँ गत असोजसम्म रु १ खर्च ७० अर्ब खर्च गरिसक्यो । राष्ट्रिय गौरवको आयोजनाको यस्तो गति छ । कतिपय स्थानमा बिनियोजित रकम खर्चगर्न नसक्ने लफुङ्गा इञ्जिनियर छन् ।

कतिपय ठाउँमा ठेकेदार र इञ्जिनियर मिलेर राज्यकोष लुटेका छन् । अधुरा सडकको प्रगति किन हुन्न ? राजनीतिका कपटीहरू पार्टीमा गुटको खेतीमै व्यस्त छन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल मिलेपछि हुने परिपार्टी बन्दैछ । नेपाली युवा बेचेर खान पल्केका मानव तस्करहरूले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाए । पाउडर दूध व्यापारीले कृषिमन्त्रीबाट चक्रपाणि खनाललाई खेदे । यो प्रसंग नेकपाको स्थायी समितिमा पनि उठाइएको छ । अव यी दुवै मन्त्रालय अन्तर्गतका विभागहरूबाट विकृति चम्काइँदैछ । प्रम ओलीको गुप्तचरले त्यहाँको अपराध तिर ध्यान दिन सक्छ ?

जुन विभागका प्रमुख गणेश अधिकारी हुन् । उनलाई नेकपाका वरिष्ठ नेता वामदेव गौतमको आशिर्वाद भएको बताइन्छ । गुप्तचरले वायुसेवा कम्पनीको विमानका पार्टपूर्जा चोरेर त्यही जहाज निगमसँग भाडामा लिएर निगमलाई भाडा नतिर्ने, सगरमाथाको फेदिमा होटल चलाएर राष्ट्रलाई चुनौती दिने स्व. आङ छिरिङ शेर्पाको कुकर्म खोज्न सक्दैन ।

किनकि यो टोली दरबार, काँग्रेस, एमालेका खञ्चुवाहरूलाई तह लगाएर राज्यको सम्पत्तिमा रजाई गर्न सफल भएको हो । आफ्ना अनुचरहरूलाई गुप्तचर लगाउने प्रमको निर्देशन छ कि ? यो टिमलाई प्रमको नाउमा पछाडिबाट शक्ति दिएका थुप्रै प्रमाणहरू छन् । सरकारले दिएको जग्गामा महिला आरोही स्व. पासाङ ल्हामुको नाममा प्रतिष्ठान स्थापना गरिएको जानकारी एमालेलाई थियो । तर त्यही एमालेले मासिक १ लाख ८० हजार भाडा तिर्ने गरी धुम्बाराहीको प्रतिष्ठान कार्यालय भाडामा लिएर बस्न बाध्य भयो किन ? सरकारले दिएको जमिन तस्कर र माफियाले भाडामा लगाउने कानुन नेपालमा छैन ।

त्यो एमालेका चलाख नेताहरूले प्रतिष्ठानलाई राज्यले सहयोगस्वरूप दिएको जमिनमा बनेको भवन कुनै व्यापारी समूहले भाडामा लगाउन सक्दैन भन्ने हेक्का किन राखेनन् ? कतै भन्सार र राजश्वका घुस्याहा कर्मचारीहरू आफ्नो परिबन्दमा आउन भन्ने दाउ प्रम कार्यालयको छैन किनकि पैसा विकासे अड्डामा छ । खर्च गर्ने इञ्जिनियरहरू हुन् । घुस्याहा धेरै पक्राउ परेको सेक्टर पनि त्यही हुँदैछ ।

गुप्तचरले यो हेरे ?
उता प्रम ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले घुस खाएका वीरगञ्ज मेडिकल कलेलका बसुरुद्धिन अन्सारी, राष्ट्रिय बाणिज्य बैंकलाई धक्क्याउने चण्डी ढकाल, उनका भाइ हेमराज ढकाल, हरि शर्मा, विनोद चौधरीहरूलाई मिलाएको तार तम्य नै वर्तमान सरकारको कहाँ कसरी बदनाम हुँदैछ त्यो खुल्न गएको हो । वामदेवको दूत गुप्तचरका हाकिमले यस्ता कुराको सुइँको पाउन न सुलसुले पठाउने ! गुप्तचरको काम भनेको नेतालाई सूचना दिने र मौकाको जाल फाल्ने हो ?


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल