Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचौलियाले बढाए मन्त्रालयमा दुर्गन्ध

काठमाडौं । कर्मचारीको रक्षक नै भक्षक भयो भने त्यसले मन्त्रालयको काम त के विभागीय योजनाहरू समेत समयमा सफल बनाउँदैन । यसको नमूना बनेका छन् भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ । छोटो समयका लागि शिवहरि सापकोटा सडकको महानिर्देशक बनाइएका छन् । तर सचिव बज्रस्वाँठ, महानिर्देशक आशामरु भएको कारण सडकका प्राविधिकहरू कौशीको घाम र रुखको छहारी खोज्न बाध्य भएका छन् । मन्त्री रेणु यादवका विचौलिया राजकिशोर गुप्ताले इञ्जिनियरहरूको सरुवा र बढुवामा बाधा खडा गरे भने सचिवले कर्मचारीको साथ लिनु पथ्र्यो । तर सचिव श्रेष्ठले ओम्नी समूहका रविन श्रेष्ठलाई विचौलिया बनाएर उठाउने गरेका छन् । यिनले पोसेका पत्रकारिताका डनहरू सचिव श्रेष्ठ सोझो छ भन्छन् र मासिक बुझ्ने गर्छन् । मन्त्रीले सचिवको भर नहुँदा सल्लाहकार राखेकी छिन् । देउवा सरकारका मन्त्रीहरू धेरैले आफ्ना योजनामा चल्न र मन्त्रालय बुझेका सचिव ल्याए । तर रेणु यादवले घुस्याहाको राजा काँग्रेसी नेतादेखि बालुवाटारसम्म थैली बुझाएर टिकेका सचिव श्रेष्ठलाई नछाड्नुको कारण मन्त्री र उनका विचौलियाले गरेको प्राविधिकहरूमाथिको हस्तक्षेपमा चासो नदिनु नै हो । एमालेको प्रतिष्ठा भिडाएर हजम गर्ने ओम्नीका रविन श्रेष्ठ, सचिव श्रेष्ठद्वारा सञ्चालित विचौलिया हुन् भने राजकिशार मन्त्रीका विचौलिया भएपछि सडकमा एक आर्थिक वर्षैमा डिजी भएका तीनै जनाले सडकको सुधार कस्तो गर्लान् ? जबकि शिवहरि १९ वैशाखमा घर जान्छन्, अर्जुनजंग थापालाई मन्त्रालय तानेर शिवहरिलाई डिजी बनाइएको हो । वैशाख १९ पछि सडकमा अर्को डिजी पठाउनुपर्छ । त्यो बेला निर्वाचन आचारसंहिता लाग्छ । मन्त्री यादवले बागमती प्रदेशस्तरीय सडक हेरिरहेका कैलाश श्रेष्ठलाई छ महिना जागिर अवधि हुँदा तान्नु अपराध थियो । त्यो बेला सचिवले कर्मचारीको पक्ष लिनु पथ्र्यो । तर सचिव श्रेष्ठले दाम खोजेर बसे । कर्मचारीको पक्षभन्दा दामलाई जोड दिने सचिव भएकाले हुनसक्छ सापकोटा मन्त्रालयबाट विभाग गएको सविच श्रेष्ठले थाहा पाएनन् । अति भएपछि मन्त्री यादवले सडक बुझेका इञ्जिनियर बलराम मिश्रलाई राज्यमन्त्रीको सेवा सुविधा दिएर सल्लाहकारमा नियुक्ति गर्न अर्थ मन्त्रालयसँग सहमति दिएपछि नियुक्ति गरिएको छ । कतै नभएको जात्रा त्यही हुन्छ, जहाँ २४ (घ) का छापामार अंगलाल रोक्का र कमाउनकै लागि डेलिडारबाट सडकमा आएका अर्जुन ढकालहरू ठाउँ खोज्दैछन् । मन्त्रीले इञ्जिनियरहरूसँग आफ्नो नाममा दाम उठाउन राजकिशोरलाई बाइपास गरेकी छन् । तर सचिव श्रेष्ठ ओम्नीका एजेन्ड विज्ञापन एजेन्सीका सञ्चालक रविन श्रेष्ठबाट मोहित भएको समाचार सुत्रले बताएको छ । सूत्र भन्छ, सडक विभागभित्र प्राविधिकहरूले पिडा भोग्नु पर्नाको कारण नै सचिव रविन्द्रनाथ श्रेष्ठको घुस्याहा चरित्र हो । यस्तो शैलीले सडक सुधार कसरी हुन्छ ? सडकमा दुर्घटना न्युनिकरण गर्ने साइनिङ लाइट राख्ने प्रचार त महानिर्देशक सापकोटाले गरेका छन् तर उनले पनि बरण्डामा बसेका इञ्जिनियरहरूको हाटाको बध्यता हटाउन अडान लिन सकेका छैनन् । बढुवा भएका कर्मचारीलाई अलपत्र पार्ने र कामु दिएर हुलाकी सडकमा धर्मेन्द्र झा, संघीय सडक इटहरिमा ज्ञानेन्द्र झा खटाउनु वरिष्ठको अपमान हो । यी दुवै चमत्कार मच्चाउने डिइ हुन् ।