Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यार्थी नेता देवकोटाको दुर्घटनामा मृत्यु

गोरखा । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए । ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको रहेछ, बस र चालक हामीले नियन्त्रणमा लिइसकेका छौं, उनले भने । मृतक देवकोटा पालुङटार नगरपालिका ४ निवासी हुन् ।