Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफू शासक भए सबै ठिक, विरोधीले सत्ता पाए सधैं विरोध गर्ने नेकपा एमालेको ओलीपथकै वरिपरि पार्टी सत्ता परिचालित छ । पूर्वाग्रही प्रवृत्ति राज्यको व्यवस्थापकीय सुधारमा चासो नदिने तर कम्युनिष्टको खेती चलाएर माफिया र तस्करको हितमा निर्णय गर्ने उनी राज्यकोष खर्च गर्दा आफ्नै पैतृक सम्पत्ति खर्च गरे जस्तो हैकम प्रदर्शन गर्थे । त्यो अवसर ओली प्रवृत्तिको रुपमा एमालेमा मौलाएको छ । पार्टी विभाजन, गुटगत स्वार्थमा केन्द्रीत हुँदा विद्यादेवी भण्डारीलाई पार्टीमा ढिम्किन नदिएर जबर्जस्त तेस्रो पटक अध्यक्ष कब्जा गरेको अवस्थामा गुज्रिएको एमाले विचार विहीन, सिद्धान्त र कार्यदिशा हिन बन्न पुगेको कारण नै आज ओली विकल्प खोजिएको हो । जहाँ प्रतिस्पर्धी नेतामाथि प्रहार भयो । कम्युनिष्ट एकतामा विभाजन खडा गरी राज्य लुटको गलपासोमा परेका दोस्रो दर्जाकै नेता पनि पार्टीमा भरपर्दा र विवादरहित भएनन् । महासचिव पदमा पुगेका शंकर पोखरेल समेत कार्यकर्ताका बीचमा सहृदयी भएनन् । उनको स्वार्थमा पार्टीको प्रयोग भयो तर जनताले पछिल्लो पटक पत्याएनन् । एमालेमा ओलीको नेतृत्व नै वामपन्थीहरूका लागि अफाप सिद्ध भयो । दम्ब र अहंकार नै ओलीको चरित्र थियो । पार्टीमा उनका गल्ती औल्याउनै नहुने स्थिति भयो । पार्टी धरासायी बनाएर चरित्रहिनहरूको मौजा बनाउँदा पनि सुध्रन पर्ने धारणा ल्याइएन । माओवादीका अध्यक्ष प्रचण्डको शिरमा रामबहादुर थापा जस्ता परिवारकै सदस्य भ्रष्टाचार र माफियाकरण तथा तस्करीतन्त्रमा जोडिउ पनि उपाध्यक्ष पदका हकदार बनाइए । एमाले कार्यकर्ताले त्यो पचाएनन् ।
बानी व्यहोरा जस्तोसुकै भए पनि पार्टीको अध्यक्ष हुन् भनेर सम्मान गर्ने ठाउँ जेनजी आन्दोलनको दमन र हत्याले राखेन । विचारमा बहस नहुने, एजेन्डामा छलफल नहुने ओलीले जे ल्याउँछन् त्यो स्वीकार्नु पर्ने अवस्था एमालेमा स्थापित हुँदा अनुशासन भन्ने चरि खोज्नु पर्ने भयो । पार्टीका सल्लाहकार र सत्तामा हुँदाका सल्लाहकार दलालको रुपमा चिनिए । विष्णु रिमाल नाउका मान्छे ओलीको अवैध कमाईको संरक्षणकर्ता र मुन्सी बन्न पुगेको देखियो । नवौं महाधिवेशनमा सम्मानपूर्वक प्रतिस्पर्धामा अध्यक्ष पदमा जिताइएका केपी ओलीको शुरुको प्रहार वामदेवमाथि भयो । जबकि त्यो बेला मृगौला रोगीले पार्टी अध्यक्ष बन्न रहर ग¥यो भनेर काँध हाल्ने उनै थिए । माधव नेपाल जस्तो समन्वयकारी नेतालाई पाखा लगाउँदै ओलीको राज चल्यो । उनको बोली भुईमा नखस्दै बोल्ने चराहरू पार्टीमा थुप्रिए जसले सरकारी पद लिएर राज्य लुट्ने काम जबजको पछ्यौरी ओढेर चम्काए ।
नेकपा एमाले कमजोर बनाउने अनुहारहरू बढ्न थालेका छन् । सधैं हरेक ठाउँमा ओलीकै प्यानल बनेर संगठन कब्जा गर्ने लहर चल्दा एघारौं महाधिवशेनबाट पार्टीभित्रका प्रतिस्पर्धी सुक्दै गएका छन् । प्रसितस्पर्धीका नेता आफैं पनि भ्रष्ट छन् । कोरोनाकालको लकडाउन जनताले पीडा भोग्यो । तर ओलीको नाउमा औषधि खरिद, स्वास्थ्य सामग्री खरिदमा राज्य दोहनभ एको सबैले छर्लङ्ग देखे । काँग्रेस र उमाले सत्ताको १४ महिना देश तहसनहस भयो । युवाहरूको मागको सम्बोधन भएन । दमनको सहारा लिएर विद्यालयको विद्यार्थीमाथि गोली बर्षाएर पद र कुर्सी जोगाउन खोज्दा सत्ता खोसियो, प्रम पद मात्र गुमेन, आज पार्टी अध्यक्ष पद पनि खतरामा परेको छ ।
अध्यक्ष पद पनि खतरामा परेको छ । अध्यक्ष पदमा उपाध्यक्ष विष्णु पौडेलमात्र होइनन् महसाचिव शंकर पोखरेल समेत ओलीको विकल्प खोज्दैछन् । जबकि ननिहरू समेत एमालेमा नेतृत्व गर्न लायक पात्र हैनन् । एमालेको आजको पदाधिकारी पुस्ताका उपमहासचिव योगेश भट्टराई समेत बदनाम भए, उपाध्यक्ष गोकर्ण विष्ट बदनामीबाट जोगिए । विष्णु पौडेल ललिता निवास प्रकरणमा चुर्लुम्म भए, पृथ्वी सुब्बा गुरुङ एनसेलका दूत भए । एनसेलको कर काण्ड ओलीको कम्बोडियाको लगानीसँग जोडिएको छ । दलहरूमा नेतृत्व परिवर्तन खोजिँदा जनताका बीचमा निरंकुश भएको व्यवहारमै देखिएका उनै अनुहार पुनः नेतृत्वमा देखिँदा कार्यकर्तामा शिथिलता पैदा हुँदैछ । आफू अर्घेलो भएपछि नेतृत्वमा रहने होडबाट पन्छनु पर्ने हो । तर कम्युनिष्टहरूमा त्यो देखिएन । प्रचण्ड र केपीले पार्टीमा संरक्षक भएर युवा पुस्तालाई अगाडि सारेको भए वापमन्थी शक्तिको गुमेको क्रेज फर्कन्थ्यो । पदीय हैसियतले राज्यबाट पाउने भद्दा सुरक्षा टोली हटाउन समेन नचाहने प्रवृत्ति तिनमा देखियो ।
शासकीय सुधार कम्युनिष्ट पार्टीका कुनै पनि नेताले गरेनन् । सधैं सत्तामा भइन्छ, देश र जनताको सेवा नगर्दा पनि हामी नै ठालु हुनेछौ भन्ने घमण्डले पछिल्लो समय कम्युनिष्ट पार्टीको बदनाम भयो । कम्युनष्टिकै नेताहरू नै ठूला भ्रष्टाचारमा जोडिए । सुन तस्करी जस्तो राजश्व मार्ने, देशको युवासँग पैसा उठाएर नक्कली भुटानी शरणार्थी बनाउने, भिजिट भिसा प्रकरण चलाउने जस्ता अपराधमा कतै न कतै कम्युनिष्ट नै जोडिँदा मतदातामा निराशा, कार्यकर्ताआ आक्रोश बढ्नु स्वाभाविक हो । अबको वापमन्थी राजनीतिक अस्तित्व जोगाउने हो भने एमालेले विद्या भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्छ । नेकपासँग सहकार्यको हात फैलाउनुपर्छ । वाम एकता बिगार्ने जो हो त्यसै अग्रसरता आवश्यक छ । कम्युनिष्टको नाउमा धेरै सत्तामा रहेको नेकपा एमाले हो । हरेक स्थानमा पार्टीकरण गर्दा संस्थागत अस्तित्व जोगाउने भन्दा भ्रष्टीकरणलाई स्थान दिनु लोकतन्त्र होइन । कानुनी राज्य र विधिको शासन चलाउन रास्वापको नेतृत्वले गरेको शुरुवातीबाट शिक्षा लिँदै ५ वर्षे पार्टी संगठन चुस्त बनाउन नेतृत्व लागे हुन्छ ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल