Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवका उपत्यका इञ्चार्ज जेल चलान

काठमाडौं । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका उपत्यका इञ्चार्ज नविन विक जेल चलान भएका हुन् ।

असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

विप्लव समूहले जिम्मा लिएको नख्खु बम विस्फोटमा परी १ जनाको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान पछि प्रहरीले विप्लव समूहका नेताहरुविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, संगठित अपराध, विस्फोटक पदार्थ र संगठति अपराधअन्तर्गत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज तथा केन्द्रीय नेता हेमन्त प्रकाश वली (सुदर्सन) जेलमा छन् ।


सम्बन्धित समाचार