Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वकप विजेता टिमले कति पाउँछ पुरस्कार ?

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आइतबार भारत र अस्ट्रेलियाबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ। भारत र अस्ट्रेलिया दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो। दुवै टिम हरेक चार वर्षपछि हुने यो प्रतियोगिताको ट्रफी जित्ने प्रयासमा हुने छन्। यो प्रतियोगितामा केवल विश्वकपको ट्रफीमात्रै नभएर ठूलो पुरस्कार राशि पनि हात पार्ने कोसिस पनि दुवै टिमको हुनेछ। विश्वकप जित्ने टिमले ४० लाख अमेरिकी डलर पाउने छ। भारतीय रूपैयाँमा यो रकम लगभग ३३ करोड हुन्छ। त्यस्तै उपविजेता टिमले २० लाख अमेरिकी डलर अर्थात १६.५ करोड भारतीय रूपैयाँ पाउने छ। सेमिफाइनलमा हार बेहोरेको न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात ६.६६ करोड भारतीय रूपैयाँ प्राप्त गरेको छ। लिग स्टेजबाट बाहिरिएको सबै ६ टिमले १–१ लाख डलर प्राप्त गरेको छ। यसबाहेक लिग चरणमा सबै १० टिमबीच खेलिएको ४५ म्याचको विजेता टिमलाई हरेक जितेको म्याचका लागि ४० हजार डलर प्रदान गरिएको छ।


सम्बन्धित समाचार