Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरको आँगनमा दलालको राइदाइँ, महानगर नेतृत्वले थालिहालोस् कारबाही

काठमाडौं । गरिब, निमुखा जनताको स्वास्थ्य उपचारको आशार र भरोसा गरिएको बीर अस्पताल पनि टोले गुण्डा र ठेकेदारको कब्जामा परेको छ । महानगरलाई चार भागको एक भाग दिएर ठेकेदार, टोले क्लब र ठूला तिघ्रा भएकाको कमाई बनेको मोटरसाइकल पार्किङ निमुखा जनताका लागि लूट केन्द्र बनेको छ । जहाँ घण्टाको २० का दरले विरामी कुर्न बसेका र भेट्न गएकाहरुसँग ठटाइन्छ ।

जुन जग्गा वीर अस्पतालको मातहतमा रहेको छ । अस्पतालले आफ्नो जग्गामा बनेको सडक समेत सहज रुपले प्रयोग गर्न पाउने गरी विचौलियाहरुले तीन तहसम्म मोटरसाइल पार्किङ गरिरहेका छन् । यो समस्या महानगरले समाधान गरोस् भन्ने मनसाय राखेर वीर अस्पताल व्यवस्थापनले स्टोर प्रमुख टिकाराम  पनेरूलाई महानगर नेतृत्वसँग नपठाएको पनि होइन ।

त्यतिबेला महानगरको नेतृत्व गरिरहेका विद्या सुन्दर शाक्यले वीर अस्पतालको समस्याका बारेमा चासो देखाएनन् । जबकि अस्पताल जस्तो मानव कल्याणको क्षेत्रलाई बातावरणीय रुपमा असर पर्ने काम महानगर जस्तो संस्थाले गर्न हुँदैनथ्यो । महानगरलाई शुल्क बुझाउने गरी दिइएका आकाशे पुलका सटर हुन् या सडक पार्किङ किन नहुन् । यहाँ लुट्ने काम बाहेक जनतालाई सेवा सुविधा दिने गरिएको छैन । नगर प्रहरीले पनि फुटपाथमा व्यापार व्यवसाय गरेर जीविकोपार्जन गरेका निमुखाहरुमाथि नै दमन गर्ने गर्दछ ।

प्रहरीले पक्रिएको सामान तोकिएको जरिवाना तिरेपछि पनि ती निमुखाले सबै फिर्ता पाउँदैनन् । फलफुल सडेको हुन्छ, केही कर्मचारीको घरमा पुगेको हुन्छ भने लत्ता कपडा छानी छानी साइज मिलाएर घरपरिवारदेखि आफन्तसम्म नगरप्रहरीले पु¥याउने गरेको वास्तविकता वर्तमान नेतृत्वले नबुझेको होइन । महानगरभित्रको यो एउटा सानो भद्रगोलको नमूना मात्रै हो, यस्ता भद्रगोलहरुको चाङमाथि नयाँ नेतृत्व सम्हाल्न युवा इञ्जिनियर बालेन शाह महानगर नेतृत्वमा आइपुगेका छन् । सबैको अपेक्षा पूरा गर्ने बाचा गरेका शाहले काम थालि पनि सकेका छन् । महानगरभित्रका ठग र माफियाका नजिक रहेका आफूलाई अनुभवी बताउने केही कर्मचारी तथा जनप्रतिधिहरुले भने यस्ता अपाधको ढाकछोप गरेर आफ्नो कमाईलाई निरन्तर बनाउने प्रयास गरिरहेका छन् ।

वीर अस्पतालले नयाँ भवनमा सर्जिकलका सबै सेवा सारिसकेको छ । सो भवनलाई पूर्णता दिन व्यापारी तथा उद्योगपति र महानगरकै ठूलो लगानी भएको छ । तर त्यही महानगरका केही व्यक्तिको स्वार्थका कारण वल्लो भवनबाट पल्लो भवनमा विरामी लान पनि मोटसाइलको जाम छिचोल्न मुस्किल पर्ने अवस्था छ । यो अवस्थालाई वीर अस्पताल प्रशासन र महानगर पालिकाले तत्काल गम्भीर रुपमा लिनुपर्ने आम जनताको माग रहेको छ ।

नयाँ बनेको ट्रमा भवनमा विरामी कुरुवा र भेट्न आउने मानिसका साधन राख्न पुग्ने पार्किङ छ तर त्यहाँ पार्किङ गर्दा सडकमा लुट्न नपाइने भएपछि कर्मचारी र भाडा ठेक्का लिनेहरुको तजबिजमा सडक कब्जा भएको हो । नयाँ भवनमा समेत प्रशस्तै पार्किङ नभएको होइन त्यो पनि सर्वसाधारणको पहुँच बाहिरै राखेर सडकमा रमिता देखाइएको थुप्रै भयो । सुन्ने तर नबोल्न महानगरको पुरानो नेतृत्वका विद्यासुन्दरले यो समस्या देखेर पनि नदेखेझैं गरेका थिए । वीर अस्पताल अगाडि विपन्न नागरिकले भात खाँदा इज्जत गएको ठान्ने शाक्यले वीरको आँगनमा भएको लुटले चाहिँ उनको नाक जोगाएको थियो ?


सम्बन्धित समाचार