Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरेन्द्र बहुमुखी क्याम्पसमा सिद्धार्थ बैङ्कको एटीएम

काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएम सेवा थप भएसँगै सिद्घार्थ बैङ्कको एटीएम संख्या २ सय ६ पुगेको छ । सो एटीएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैङ्कका प्रदेश प्रमुख दुर्गा राज पाण्डेकोे उपस्थितीमा उद्घाटन गरे । बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।