Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैशाखदेखि रोकिएको लोक सेवाको परीक्षामा काे-काे सहभागी हुन नपाउने ?

काठमाडौँ । कोरोना संक्रमणले विश्व आतंकित भइरहेको बेला लोकसेवा आयोगको परीक्षा तयारी गरेका केही व्यक्तिलाई भने दुःखद खवर आएको छ । लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।

गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ । पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ ।

आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । आयोग अध्यक्ष उमेश मैनालीले विशेष स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालनको तयारी गरिएको बताए ।


सम्बन्धित समाचार