Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन्। श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो। उनीहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताएका थिए।