Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शरणार्थी काण्ड ओझेलमा पर्दै

काठमाण्डौ । एमालेले संसद अवरोध गरेर आफ्ना विगतका लुकाएको हो । पार्टी अध्यक्ष केपी ओली उपाध्यक्ष रामवहादुर थापा, टोपवहादुर रायमाझी, नैनकला थापा, प्रतिक थापा, सानु भण्डारी, डा. इन्द्रजीत राई, अजय क्रान्ती शाक्य, राजेश वज्राचार्य, राजेस्वर स्थापितसम्मका हर्कतसँग जोडिएका १ करोड, १ करोड ५० लाख, २ करोड हजम गर्दा प्रेम कुमार राई टोकराज पाण्डेहरुले करोड करोड खाए भन्नुको अर्थ छैन् । डा. आरजु राणा, मन्जु खाँड त लुटनै कै लागि राजनीति गरेका रहेछन् ।
प्रचण्ड सरकारले जनताको काम गर्न पाएन् । किनकी केपी ओलीजस्ता घामट र भ्रष्ट भएको सदनमा सरकारलाई ठिक ठाउँमा ल्याउन संसदको काम नै अवरोध गर्ने जनप्रेमी शक्ति अरु भएन् । संसदको सवै काम अवरोध गर्दा भुटानी शरणार्थी प्रकरण होस वा सहकारीको ठगी मिटर व्याज प्रकरण हुँदै सुन तस्करी काण्ड दवाउने खेल अनुसार राजनीति भाग वण्डाको उच्च स्तरिय समिति वन्नुपर्ने अडानको पनि अर्थ भएन् ।
संवैधानिक रुपमा देशलाई नै लथालिङग बनाउने सक्षम नेता केपी ओली भएछन् । उनीजस्तो विज्ञ, राष्ट्रवादी, देशभक्त अरु छैन् । जसको काम देश लुटने वाहेक केही भएन् । केपी ओलीले कम्युनिष्टसँगको सहकार्य गरेर सरकारमा जाँदा जे कवोल गरे त्यसको कार्यन्वयन २ पटक नै गरेनन् । अघिल्लो पटक पनि घात गरे पछिल्लो पटक नेकपाको नाउँ नै वदनाम गरे । भ्रष्टाचार र कुशासन केपी कालको गहना भयो । ओली कालमा जनताले पाएको उपलव्धी भनेको नीतिगत लुट हो । अहिले नेकपा एमालेको नेतृत्व भ्रष्टाचार र कमिशन मुखी प्रवृत्ति हटाउन चाहादैन् ।
संसदमा जनताका आवाज उठाउने पार्टी तस्कर भ्रष्ट दलालको रक्षक बन्न पुगेको छ । नेकपा एमालेको नेतृत्व केपी ओलीले लिएपछि संगठन जनता र राष्ट्र प्रतिको जिम्मेवारी प्रति गम्भीर छैन भन्ने कुरा संसदमा उसको प्रस्तुतीले झल्कन्छ । भत्ता बुझ्दै संसद अवरोध गर्दा एमालेलाई लाज छैन् । ९० दिन ५७ दिन, ३० दिन, २० दिन, १५ दिन संसद अवरुद्ध गरेर एमालेले कुनै उपलव्धी प्राप्त गरेन् । सरकारसँग देशको ढुकुटी ध्वस्त बनाउन भाग खोज्ने काम त एमालेले गरेकै छ । एमाले जस्तो भाँडतन्त्रको पछि लागेका रास्वपा र राप्रपाले एमाले अध्यक्ष केपीको पुच्छर वन्न छाडेका छन् ।