Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १०.८७ अंकको गिरावट, कारोबार रकम पनि बढ्न सकेन

काठमाडौं । शेयर बजारमा फेरि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १०.८७ अंकले तल झरेको हो । ०.५७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.५५ अंकमा झरेको छ ।
आज २५४ कम्पनीका २७ लाख ५० हजार ६ सय ५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख ३२ हजार १ सय ३९।४० रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सुपरमाई हाइड्रोका शेयरधनीले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी आदर्श लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ५८ हजार १ सय ९९.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१.०३ रुपियाँ, सोमबार १७.७० अंकले बजार बढ्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ, मंगलबार १२.१० अंकले बजार बढ्दा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८।३१ रुपियाँ र हिजो बुधबार १.०२ अंकले बजार बढ्दा ८१ करोड ६२ लाख १९ हजार १ सय २९.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।