Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार १२.४३ अंकले बढेको छ । बजार बढे पनि कारोबार रकम भने २ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १२.४३ अंकले बढेको हो । ०.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१८२.६१ अंकमा उक्लिएको छ ।
२५७ कम्पनीका ५६ लाख ४८ हजार २ सय १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख ५८ हजार ७ सय ४९.१४ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज बाराही हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्दा नबिल ब्यालेन्स्ड फण्ड ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
अपि पावर कम्पनीको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६ सय ९६.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार १.५४ अंकले बढ्दा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३.९३ रुपियाँ, सोमबार ४.५७ अंकले बजार बढ्दा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६सय ४५।६० रुपियाँ, मंगलबार ७६.६४ अंकले बजार बढ्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८.७५ रुपियाँ र हिजो बुधबार ७.१३ अंकले बजार घट्दा अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७.१५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल