Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २३.८२ अंकको पहिरो, कारोबार रकम ९५ करोड

काठमाडौं । शेयर बजार आज पुनः पहिरो झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.८२ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२९.६५ अंकमा ओर्लिएको छ ।
आज २८५ कम्पनीका ३६ लाख ७५ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३.९१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै हिजोबाट मात्रै कारोबार शुरु भएको माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीतकर्ताहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ५७ कम्पनीबाहेक अन्य सबैको शेयर मूल्य घटको छ ।
हिमालयन डिस्ट्रिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ७८ लाख २९ हजार २ सय ३८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
हिजो सोमबार १.३९ अंकले बजार बढ्दा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९.७० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार