Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निरन्तर ओरालो झरिरहेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से केही माथि उक्लिए पनि कारोबार रकम भने बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.७१ अंकले बढेको हो । ०.१४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८८८.३२ अंकमा उक्लिएको छ ।
आज २७० कम्पनीका २२ लाख ६० हजार ८ सय २३ कित्ता शेयर किनबेच हुँदा ७५ करोड १३ लाख ३० हजार ३ सय ९३।७० रुपियाँ बराबरको कारोबार भएको हो ।
आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी ८.११ प्रतिशतले नाफा कमाएका छन् भने कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.६२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
कारोबार खुलेदेखिनै बढिरहेको कालिञ्चाकको शेयर मूल्य घटेसँगै आज उच्च कारोबार समेत भएको छ । उक्त कम्पनीको ८ करोड ८१ लख ७८ हजार २ सय २१.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार १८.८० अंकले घट्दा २ करोड ८५ लाख ३४ हजार ३६.३४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल