Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३१.५२ अंकको पहिरो, डेढ अर्बमै समेटियो कारोबार

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा फेरि करेक्शन आएको छ । दुई लगातार बढेको बजार आज उच्च अंकले घट्दा कारोबार पनि डेढ अर्बकै हाराहारीमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.५२ अंकले घटेको हो । १.५४ प्रतिशतले बजार घट्दा नेप्से २०१३.९३ अंकमा झरेको छ ।
आज २७५ कम्पनीका ४६ करोड ५७ लाख १ सय ३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६ सय ८५।३७ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । यता मोलुङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त होटलको ७ करोड ८७ लाख ९५ हजार ६ सय ३४।७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २१.९९ अंकले बजार घट्दा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२.६७ रुपियाँ, सोमबार १२.९३ अंकले बजार घट्दा १ अर्ब ४० करोड ८९ लाख ८१ ह्जार ६ सय १.६८ रुपियाँ, मंगलबार १७.६९ अंकले बजार बढ्दा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९.५१ रुपियाँ र हिजो बुधबार २९.४७ अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४.६० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

प्रदेशका माननीयलाई एमालेको डण्डा

२०८१ मंसिर १२

ताजा नेपाल