Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५२.२६ अंकको, ४ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से २१ अंक नजिक पुगेको छ । बजार आज लगातार नवौं दिन पनि बढेको हो । कारोबार रकम पनि ५ अर्बकै हाराहारीमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.२६ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार बढ्दा नेप्से २०९४.३३ अंकमा पुगेको छ ।
आज २८० कम्पनीका १ करोड २० लाख ९५ हजार ९ सय ६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लख ८४ हजार १६.०२ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीन भेञ्चर लिमिटेड, सुपर मादी हाइड्रो, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाएका छन् । अन्य ८ कम्पनीले ९ प्रतिशत बढी नाफा कमाएका हुन् ।
त्यसैगरी शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.५८ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ३९ वटा कम्पनीको मूल्य घट्दा बाँकी अरुको बढेको छ ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार १ सय ५८.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।