Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ७.२७ अंकको सुधार, २ अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार बढ्दा कारोबार रकम पनि उत्साहजनकनै रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ७.२७ अंकले बजार बढेको हो । ०.३८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९३९.६१ अंकमा पुगेको छ ।
आज २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९ सय ३१.७२ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन आजैबाट कारोबार शुरु भएको दोल्ती पावर कम्पनी र भूगोल इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० र ९.९६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६४ प्रतिशतले घाटा व्यहोरेका हुन् ।
नेप्सेका अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड २६ लाख ८७ हजार ७ सय १३।२० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ, सोमबार १७.३८ अंकले बजार घट्दा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ, मंगलबार २५.६६ अंकले बजार बढ्दा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १.९९ रुपियाँ र हिजो बुधबार ४.६८ अंकले बजार बढ्दा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५.९२ रुपियाँ बराबरको कारोबार भएको थियो ।