Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साताको अन्तिम दिन आज फेरि बजार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ८.२८ अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८६६.७९ अंकमा ओर्लिएको छ ।
आज २६९ कम्पनीका २८ लाख ७० हजार ८ सय १९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४.३३ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ९.९८ र ९.९४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.४३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९.६० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार २० अंकले तल झर्दा १ अर्ब २० करोड ७१ लख २२ हजार ६००.१३ रुपियाँ, सोमबार १६.६७ अंकले बजार घट्दा ९२ करोड २ लाख ४९ हजार ११.५४ रुपियाँ, मंगलबार ५.२० अंकले बजार घट्दा ९१ करोड ७६ लाख १० हजार २ सय ९६.०४ रुपियाँ र हिजो बुधबार ८.३९ अंकले बजार घट्दा ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल