Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार केही सम्हालिएको छ । झिनो अंकले मात्रै बजार घटे पनि कारोबार रकम भने झनै घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड नेप्सेका अनुसार आज बजार २.२७ अंकले तल झरेको हो । ०.१२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.७३ अंकमा झरेको छ ।
आज २६९ कम्पनीको २१ लख ७४ हजार ९ सय १४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार २ सय ४७।५० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ५.८५ प्रतिशतले नाफा कमाउँदा एनआईबीएल ग्रोथ फण्ड र एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.५३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एभरेष्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ७६ लाख ९१ हजार ४ सय १९.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार १८.८० अंकले घट्दा २ करोड ८५ लाख ३४ हजार ३६।३४ रुपियाँ, सोमबार २.७१ अंकले बजार बढ्दा ७५ करोड १३ लाख ३० हजार ३ सय ९३.७० रुपियाँ, मंगलबार १७.३६ अंकले बजार बढ्दा ८८ करोड ५५ लाख ७८ हजार २ सय ७०.७६ रुपियाँ र हिजो बुधबार १३.६८ अंकले बजार घट्दा ८४ करोड ७० लाख २८ हजार २ सय १९.४१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल