Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोपाल पराजुली र दिपकराज जोशीलाई भुमाफियाले खरिद गरेकै हुन् ।
जिल्ला सदरमुकाम दमौली वरपर पनि सरकारी जमिन हडप्नेहरूको बाहुल्यता छ । राजनीति आडमा यस्तो धन्दा चलाउनेहरू चर्चित तीर्थस्थल देवघाटमा समेत देखिएका छन् । एमालेबाट तत्कालिन देवघाट गाविसको अध्यक्ष भएका घुम्ती कान्छा उर्फ शिवराज पौडेलले आफ्नो चुनाव पकेट क्षेत्र बनाउन मठ–मन्दीर, ऐलानी जमिन सुकुम्बासीका नाममा वितरण गरेका छन् । तर जग्गा कब्जा गर्ने सुकुम्वासी होइनन् उनीहरूको देवघाट र चितवनमा घर घडेरी छ ।
अहिले पनि गाउँपालिका वन अधिकृतलाई पैसा खुवाएर जंगल फाडेर बस्ती बसाइएको छ । शिवराज पौडेल आफैं देवघाट क्षेत्र विकास समितिको अध्यक्ष छन् । उनी सरकारी सम्पत्ति जंगल फाडेर जग्गा बाँडेर करोडपति भएको छर्लङ्ग छ । त्यसो त देवघाट गाउँपालिका वडा नं. ५ का अध्यक्षको घर नै ऐलानी जमिनमा रहेको छ । भूकम्पले श्रीमती गुमाएका अध्यक्ष सोझा इमान्दार कार्यकर्ता हुन् । अहिले देवघाट क्षेत्रमा झण्डै २ हजार रोपनी जमिन यसरी नै अधिग्रहण भएको छ । मठ–मन्दिरमा बसेका साधु–सन्तसमेत ठगिन छुटेका छैनन् । गाउँपालिका र देवघाट क्षेत्र विकास समितिका नक्कली परियोजनाहरू देखाइएको छ । वादर लाग्ने भएकोले वादर तथा वन्यजन्तु नियन्त्रणका नाममा टाठाबाठाले खाने साधु–सन्त ठगिने क्रम चर्काे छ ।
सडक ग्रावेलको नाममा पैसा खाने काम नहुने क्षेत्र विकास समितिका लागि सामान्य हो । समितिको संरक्षणमा रहेका बृद्धा आश्रम कर्मचारीहरूको भोजनालय बनाइएको छ । जिल्ला सदरमुकामबाट झण्डै ९० किमि टाढा भएकोले पनि देवघाट क्षेत्र विकास समितिको काममा स्थानीय प्रशासनको निगरानी पर्दैन । रामचन्द्र पौडेल केन्द्रीय सत्ताको तालुकदार हुँदा उनकै दलालहरू देवघाटका पण्डा हुने गर्थे । अहिले खड्ग ओली शासक हुँदा उनकै पण्डाहरूले कमाइ गरेका हुन् ।
प्रधानमन्त्री ओली सार्वजनिक सम्पत्तिको संरक्षण देशभर गर्ने गरी अधिकार सम्पन्न जग्गा खोजी आयोग बनाउने भन्दैछन् । तर उनकै पार्टीका महासचिव विष्णु पौडेल बालुवाटारमा आनाको ५० हजारमा जग्गा खरिद गर्दा माफियाको दर्जामा दरिएका छन् । संसदको बजेट अधिवेशन शुरु भएको छ । विपक्षी दलको कांग्रेसी झुण्ड संसदमा सरकारी लापरवाहीका सम्बन्धमा कति चर्केला कुर्नै पर्छ ।
शोभाकान्त भारतमा श्रीमती अमेरिकामा
चर्चित माफीया नक्कली डा. शोभाकान्त बाबु–छोरा अहिले भारतमा छन् । सरकारले पाता कस्ने भएपछि नेकपाका वरिष्ठ नेता माधव नेपालले समेत बचाउने अवस्था नदेखेपछि डा. शोभाकान्तका बाबु–छोरा भारत गएका हुन् । ४ लाख डलर अमेरिका पास गरेका शोभाकान्तले ग्रिन कार्डका लागि श्रीमती उमा ढकाललाई छोरीको घर अमेरिका पठाएका हुन् । चार जना छोरी एक छोराका बाबु शोभाकान्तले आफ्नो कुकर्मको भेद खुल्ने स्थिति आउने अनुमान गरी सम्पत्ति अमेरिका पठाएका हुन् । उनले ५ लाख डलरको घर छोरीकै नाममा राखेका छन् । उनका दुई छोरी अमेरिकामा छन् । त्यसो त पहिले मेघा बैंक रहेको कान्ती पथको भिआइपी बंगला जहाँ पहिले ब्रिटिस पुस्तकालय थियो त्यो पनि यिनै शोभाकान्तको नाउँमा छ । त्यहाँ भाटभटेनी मनि ट्रान्सफरको कार्यालय रहेको छ ।


सम्बन्धित समाचार