Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमतीलाई खुर्पाले हानी हत्या गर्ने नविन समातिए

रुकुम पश्चिम । आफ्नै श्रीमती २६ वर्षीया कमला बुढाथोकी खड्कालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ गोगनपानी बस्ने २८ वर्षीय नविन खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
निज खड्काले आफ्नै श्रीमती कमला बुढाथोकी खड्कालाई धारिलो हतियार खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।