Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीलंकाको राष्ट्रपति राजापाक्षेको घरमा लाखौँ रुपैयाँ फेला

देशको सबैभन्दा खराब आर्थिक संकटको बीचमा शनिबार राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्ने प्रदर्शनकारीहरूले हवेलीबाट ठूलो रकम बरामद गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै एनडीटीभी इण्डियाले जनाएको छ । श्रीलंकाको दैनिक पत्रिका डेली मिररका अनुसार बरामद गरिएको उक्त रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

श्रीलंकामा शनिबारको उथलपुथलपछि सामाजिक सञ्जालमा धेरै नाटकीय भिडियोहरू अपलोड भएका छन् । जहाँ हजाराँं प्रदर्शनकारीहरूले कोलम्बोको राजधानीमा उनको निवासमा आक्रमण गरेको देखिन्छ ।

वर्तमान परिस्थितिलाई सम्बोधन गर्दै संयुक्त राज्य अमेरिकाले श्रीलंकाका नेताहरूलाई आर्थिक स्थायित्व हासिल गर्न छिटो काम गर्न आग्रह गरेका छन् । राष्ट्रपतिलाई उनको निवासबाट लखेट्ने र उनको राजीनामाको घोषणापछि अमेरिकाले आइतबार श्रीलंकाली नेताहरूलाई दीर्घकालीन समाधान खोज्नका लागि छिटो कदम चाल्न आग्रह गरेको छ । कुनै पनि नयाँ सरकारले दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्ने र श्रीलंकाका जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने समाधानहरू पहिचान गर्न र कार्यान्वयन गर्न राज्य विभागका प्रवक्ताले आग्रह गरेका हुन् ।

यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । आईएमएफले राजनीतिक संकट छिट्टै समाधान हुने विश्वास गर्दै श्रीलंकालामा कोषअन्तर्गतका कार्यक्रम पुनः सुरु गर्ने बताएको छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल