Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमित बढेपछि नेपालगञ्जमा कर्फ्यू

काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा कर्फ्यू आदेश जारी गर्नु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो । मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (बिहीबार) मध्यराति सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर मंगलबारदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको हो । सुरक्षाकर्मीलाई तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने अधिकार दिइएको छ । बाँकेको नेपालगञ्जमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।


सम्बन्धित समाचार