Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संयन्त्रको हैकम चम्कदै

काठमाडौं । जनताप्रति गैर जिम्मेवार आफ्नो स्वार्थका लागि मरिमेट्ने चरित्रको सरकारका प्रधानमन्त्रीले पटक पटक दिएको धोकाले जनविद्रोह निम्त्याउने डर बढ्दैछ । पार्टी कम्युनिष्ट, नेता सबै धनलिष्ट भएको नेकपा एमाले त्यो पार्टीका अध्यक्षको अराजकताबाट बदनाम भएको छ । ओलीका अगाडि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवहरू थापना मात्र हुन् । जहाँ दोहोरो संवाद हुँदैन । राष्ट्रिय अर्थतन्त्रमा प्रधानमन्त्रीको माफिया र तस्कर मोहले असर पु¥याएको यथार्थताका बारेमा बोल्न सक्दैन । पार्टीका तानाशाह केपी ओली कम्युनिष्ट होइनन् । उनी नयाँ नेपालका नयाँ बादशाह भएको कुरा स्व. सभामुख दमननाथ ढुंगानाको निधनमा गरेको सरकारी बिदाले जनतालाई दिएको दुःखले विद्रोहको बाटो नखोज्ला भन्न सकिँदैन । सरकार सञ्चालन कै संयन्त्र विवादमा छ ।

शेखर भन्छन्, संयन्त्र जरुरी छैन
जनताले ठूलो दल बनाएको फल अहिले देशले भोग्यो । कम्युनिष्टको नाममा माओवादी नेतृत्व पनि भ्रष्टाचारमा मात्र फसेन, सुनको तस्करी, रक्तचन्दन तस्करीमा राम्रै खेल्यो । एमालेले ४८ देखि काँग्रेससँग मिलेर देख खायो । त्यसको परिणाम सार्वजनिक संस्थान बन्द गराएर व्यापारीसँग पैसा खाने नेताहरू बढे । भात खाँदा खाँदैका धर्मराज दाहाललाई बञ्चरो प्रहार गरेर ज्यान मुद्दामा जेल परेको मान्छे प्रजातन्त्रका लागि जेलमा बसेको दम्ब देखाएर दिउँसै रात पार्न केपी ओली सफल भए । राष्ट्रघाती महाकाली सन्धि गराएर भारतलाई गुण लगाए । तर देशलाई घात गरे । आज उनै देशभक्त, राष्ट्रवादी भएको बखान गर्दा पार्टीका धुपरौरेहरूलाई आनन्द लाग्दो हो । नेकपा एमाले देशको भार बन्दैछ । जनतालाई चुस्ने, तस्कर र माफियालाई पोस्ने एमाले केपी मण्डलीको देशभक्ति र राष्ट्रवादले देश धपक्क छ । प्रधानमन्त्री केपीले चौथो सत्ता कालमा देश टाट पार्न विद्युतको ८ अर्ब ६३ करोड उद्योगीलाई पोसे । प्रचण्डकै पालामा १४ अर्ब छुट गर्न लगाएर विद्युत प्राधिकरणलाई डुबाउने पहल गराए । देशभक्त, विकास प्रेमी नेताले गर्ने यही हो ? त्यो मात्र होइन प्रम केपीले त ६ अर्ब मिनाहा गरेर एनसेललाई गुण लगाउँदा १३ अर्ब किस्ताबन्दीमा तिर्न बाटो खोलेर अर्थतन्त्तको विकास गर्दा देश टाट पार्न सफल छन् । उपप्रम तथा अर्थमन्त्रीले देखेको सन्तोष भनेको यो भन्दा बढी के हुन्छ ?
सरकार लाज मान्दैन, जनतालाई सेवा दिँदैन । ठूलालाई करको दायराबाट मु्क्ति दिने सानालाई सताउनु कम्युनिष्टको जनवाद हो । जबज भनेको त्यही हो ? राष्ट्रको एकता र समृद्धिमाथि प्रहार गर्न प्रधानमन्त्री तयार छन् । दल विभाजन गराएर जनतालाई सेवा दिन खोजिएको थिएन । प्रम केपी ओलीलाई ठूलो दलको नेता बन्ने रहर जाग्नु भनेकै हैकमवाद हो । काँग्रेसलाई अत्याएर आफू ठालू बन्न केपीको दल विभाजन उद्देश्य थियो । काँग्रेसका मन्त्रीहरू समेत प्रम ओलीको मनपरीको खबरदारी गर्ने आँट किन भएन शंका छ । ऊर्जामन्त्री विद्युतको बक्यौता उठाउँदैनन् । काँग्रेसका यी ठेकेदार आफैं हुन् । डा. शेखर कोइरालाहरूले अस्वीकार गर्दा कुलमानको पद जोगियो । ओली प्रम बनेपछि यो देश सरकार विहीन बन्दैछ । जबकी प्रम ओली हरेक ठाउँमा हस्तक्षेपकारी भएका छन् । प्रम र मन्त्रीकै सहकार्य छैन ।