Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संविधान दिवसमै ब्ल्याक आउट

काठमाडौं । संविधान संशोधनको एजेण्डा लिएर अघि बढिरहेको राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान संशोधन नगरेको भन्दै विरोधस्वरुप संविधान दिवसका दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।
असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । जसका लागि २७ जिल्लामा ४२ जनालाई खटाइएको छ ।
लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पनि विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।