Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद् सरकारले नै चल्न नदिएको हो : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको दाबी समेत गरे ।

ुहामी संसद् चलाऔं भन्ने चाहन्छौं तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ, ओलीले भने, सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।

ओलीले अपराधी पृष्ठभूमिका मानिसहरू भूलचुकले निर्वाचित भएर पनि आउने गरेको बताए । हामीलाई सुन तस्करीको विभिन्न घटनाहरुको बारेमा बोल्न खोज्दा सत्तापक्षले हल्ला गर्छन् उनले भने ।

यसअघि एमालेले ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाएको सुनको जलहरी पित्तल भएको भन्दै सत्तारुढका सांसदको आरोप लगाएपछि संसद् अवरुद्ध पारेको थियो । त्यसपछि सांसदको भनाइ संसदको अभिलेखबाट हटाउने प्रमुख दलबीच सहमति भएपछि अवरोध अन्त्य भएको थियो ।

कार्यक्रममा उनले एमालेले नभइ सत्तापक्षले संसद अवरुद्ध पारिरहेको बताए । अहिले हामीले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ । हामीले तस्करी रोक्न भनेका हौं ओलीले भने ।

उनले त्रिभुवन भन्सार मात्रै नभएर देशका विभिन्न स्थानबाट भएको सुन तस्करीसहितको छानबिन माग गरिएको दाबी गरे । हामीले छानबिन समिति बनाऔं भनेका छौं, उनले भने, सरकारले भने जे भन्यो त्यही मान्ने प्रहरीलाई अनुसन्धान गराउन खोजेको छ । प्रहरीले भनेको नमान्दा सरुवा गर्ने गरेको छ । उनले प्रायोजित रूपमा फाइलहरू खोलिने भनेर हल्ला चलाइएको पनि बताए ।