Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडेको लासको भिडियो खिचेर भाइरल बनाएपछि…..

काठमाडौं । अस्पतालमा सड्दै गरेको लासलाई खिचेर भिडियो भाइरल बनाएपछि अस्पताल प्रशासन बोल्द बाध्य भएको छ । केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका ६३ वर्षका एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखियो । पहिलादेखि नै दीर्घरोगी ती पुरुषलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि केन्द्रीय कारागारका स्वास्थ्यकर्मीले सामान्य परीक्षण पछि उपचार र कोरोना परीक्षण गर्न वीर अस्पताल पठाए । असोज ३ गते राति ती पुरुषलाई आकस्मिक रुपमा वीर अस्पतालमा लगियो । चिकित्सकहरुले राति करिव ११ बजे ती बिरामीलाई मृत घोषणा गरे । कोरोनाको गम्भिर अवस्थाको लक्षण अर्थात श्वासप्रश्वासमा समस्या देखिएर अस्पतालमा आइपुगेका व्यक्तिको मृत्यु भएपछि अस्पतालले ती पुरुषको राति नै स्वाब संकलन गरी कोरोना परीक्षण गर्न वीरकै ल्यावमा स्वाब पठायो । कोरोना परीक्षण गर्न लागिएको हुनाले अस्पतालले शवलाई अस्पतालमै राख्यो । कोरोना परीक्षणको रिपोर्ट आउन २ दिन लाग्यो । कोरोनाको रिपोर्ट पनि पोजेटिभ आयो । अस्पतालले कोरोना संक्रमण भएको पुरुषको मृत्यु भएको घोषणा गरेपछि मंगलबार एकाएक मृतकका आफन्तहरुले एउटा तस्वीर सार्जनिक गर्दै आफ्नो आफन्तको मृत्यु कोरोनाको कारण नभएको आरोप लगाए ।
मृतकका आफन्तले शवको तस्वीर सार्वजनिक गर्दै अनुहार तथा घाटीमा चोटपटक देखिएकाले घटनाको छानविन गर्नुपर्ने भन्दै विरोधमा उत्रिए । मृतकका आफन्तहरुले शवको तस्वीर सार्वजनिक गर्दै आफ्नो आफन्त कोरोना संक्रमित भएर मृत्यु नभएको र घटना अर्कै हुनसक्ने आशंका गर्दै घटनाको छावनीन हुनुपर्ने माग समेत गरेका छन् । मृतकका आफन्तले शवको आँखा निकालिएको भन्दै उक्त घटना कोरोनाको कारण मृत्य भएको नभइ हत्या भएको समेत अरोप लगाए । तर अस्पतालले भने मृतकका आफन्तले लगाएको आरोपमा सत्यता नभएको बताएको छ । अस्पतालका कोभिड व्यवस्थापन संयोजक अच्युत कार्कीले ती पुरुषमा कोरोनाको गम्भिर प्रकृतिको लक्षण अर्थात श्वासप्रश्वासको समस्या भएको भन्दै अस्पताल ल्याइएको र अस्पतालमा आइपुग्दा मृत अवस्थामा रहेको बताए । उनले अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण र शव व्यवस्थित गर्ने शवगृह नहुदा शव कुहिन थालेको जानकारी दिए । उनले अस्पतालमा व्यवस्थित शवगृह नहुँदा मृतकको शव कुहिएको बताए । उनले मृतकको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पनि बताए । उनले कोरोनाको आशंका गरिएका बिरामी भएकाले मृत्यु पछि कोरोनाको रिपोर्ट पर्खिदा गर्मीका कारण शव कुहिएको बताए । उनले ती पुरुषलाई अस्पताल ल्याइदा उनका आफन्त अस्पतालमा नभएको र आफन्तहरु रिपोर्ट आउने समयमा मात्र आएको बताए । उनले मृतकको घाटी रेटिएको आँखा निकालिएको भन्ने आरोप गलत भएको बताए ।