Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ताको असन्तुष्टि यसरी पोखिँदै

काठमाडौं । देशका कार्यकारी प्रमुख अहिले स्वास्थ्य समस्याका कारण अस्पतालमा छन् । देशमा दुई तिहाइको सरकार छ । यही बेला प्रदेशका ३, प्रतिनिधिसभाका १ सांसद पदको निर्वाचन नतिजा आउन थालेको छ । कम्युनिष्टको गढ भए पनि भक्तपुर १ (क) मा नेपाली काँग्रेसले विजय प्राप्त गरिसकेको छ भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा काँग्रेसले झण्डा फहराएको छ । जनताले सरकारप्रति देखाएको आक्रोश यतिमात्र होइन स्थानीय तहका वडाध्यक्षसम्म पनि कम्युनिष्ट पार्टीप्रतिको हिजोको मोह टुटेको संकेत निर्वाचन परिणामले देखाएको छ । कम्युनिष्ट पार्टी काँग्रेसभन्दा नीति नियम कार्यान्वयन गराउन कठोर हुने अपेक्षा हुन्छ । तर केपी ओली नेतृत्वको सरकारमा अराजकता छ प्रशासनिक क्षेत्रमा त्यस्तै छ । पार्टीमा एकलौटी थियो अब सुधारको अपेक्षा गर्नै पर्छ । समान तहको अध्यक्ष पुष्पकमल दाहालको मतलब थिएन ।

पार्टीको कामको ख्याल भएन । सिंहदरबारभित्रको सत्ता जहिले पनि अन्धो हुन्छ । जो प्रधानमन्त्री भए पनि निरंकुश किन हुन्छ मान्छे सोध्दैछन् । कानुनको कार्यान्वयन गर्न सरकार पार्टीले समेत ख्याल गरेको भए विवादमा सरकार पर्ने थिएन । ओली बढी चाकडीबाजहरूको विश्वास गर्छन् उनलाई उचाल्ने ईश्वरहरू एकता विरोध नै हुन् । प्रधानमन्त्रीले पार्टीभन्दा गुटलाई महत्व दिएका छन् । केपी ओलीले तत्कालिन एमालेमा माधव नेपाल, झलनाथ खनालको लेखो यस पटक मन्त्रीमण्डल विस्तारमा पनि राखेका छैनन् । घुक्याएपछि वामदेव गौतमलाई संगठन विभागप्रमुख बनाइएको हो । गौतमका आम्दानी रघुवीर हटाइएका छन् ।

सचिवालयले एकमतले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरे पनि पार्टी स्थायी समितिको बैठक नबस्दा यो पद उधारो भएको छ । गौतम पनि ओलीको पेलान र दमनमा बारम्बार पर्ने र घुर्सने नेताका रूपमा परिचित छ । स्थायी समिति बैठक नबस्नुको कारण नै केपी ओली र उनको स्वास्थ्य हो । माधव नेपाललाई विदेश घुम्न पाए पुग्छ । उनले क्रिश्चियन धर्म स्थापित गर्न इन्डो प्यासिफिक शान्ति फेडेरेशनको गतिविधिलाई साथ दिँदै गृहजिल्ला रौतहटका जनतामाथि भएको आलम नरसंहार र उपेन्द्रद्वारा सिर्जित गौर नरसंहारबारे कहिल्यै बोलेनन् । हिजो माधवलाई सांसद प्रचण्डले बनाए । सत्ताको लागि जसको एजेण्डा र मुद्दाले स्थापित व्यवस्थाको स्वाद चाख्न माधवले मरिमेटेकै हुन् । नेपाली काँग्रेससँग आफू जोडिन ओली तत्कालिन सांसद नभए पनि हार गुहार गरेर रमिता देखाएकै हुन् ।

अहिले राष्ट्रपति भएकी विद्याको काम रक्षामन्त्रीको नाताले माओवादीलाई खेद्ने नै थियो । तर अहिले त्यस्तै परिचालित चरित्रलाई देशले राष्ट्रपति मान्नु परेको छ । तत्कालिन एमालेमा अराजकता र अनुशासन हिन समूहका नेता हुन् खड्गप्रसाद ओली । ओलिले दिन्छन् भन्दै माधव नेपाल लम्पसार पर्छन् । जबकि ओली र मोहनचन्द्रलाई रौतहटमा पक्राउ गराउने माधव हुन् भन्नेहरू छन् । संघीयता विरोधी समावेशी र समानुपातिक नीतिको विरोधी प्रधानमन्त्री भएको कुरा उनकै व्यवहारले देखाएको छ । ओलीको सुध्रिने छाँट छैन । सरकारले राम्रा काम गरे पनि प्रचार प्रसार छैन । पार्टी परिचालन भएको भए जनताले सरकारको काम थाहा पाउँछन् । पार्र्टी नै अन्योलमा छ । राज्यका नियुक्तिमा पूर्ण गुटबन्दी छ । सरकारकै मन्त्रीहरूलाई असहयोग गर भनेर प्रधानमन्त्री कार्यालयबाट आदेश गएको पनि छ । सञ्चार विज्ञ र प्रधानमन्त्री बीचमै समन्वय नहुँदा कति विवाद भएकै हुन् ।

सञ्चारसँग प्रधानमन्त्री नै टाढा भएपछि कसरी देशमा अराजकता हट्छ । त्यही कारण डा. कुन्दन हटाइए, सूर्य थापा भित्रिए । कम्युनिष्ट पार्टी विधि र प्रक्रियामा चल्नुपर्छ भन्ने मुख धेरै छन् । तर पार्टी अध्यक्षको नाताले केपी ओली मै छैन विधि र प्रक्रियाबाट पार्टी चलाउने सोच । ९ सदस्यीय सचिवालयमा ओली समेत छ जना पूर्व एमालेकै छन् । ३ जना माओवादी पक्षका छन् । त्यहाँ पनि सत्ताको स्वादमा रम्न पाएपछि नारायणकाजी र रामबहादुर थापाले विधि विधानमा हुरुक्कै हुन्छन् भन्न सकिँदैन । काजी जनयुद्धका पहरेदार होइनन्, युद्ध लडेको भए पनि बादल एक पटक प्रचण्डलाई धोका दिएर कुदेकै हुन् ।

उनीहरूको कुदाई डा. बाबुरामप्रतिको डाहा हो । विधि विधान, नीति र सिद्धान्त यहाँ जोडिएकै थिएन । त्यो सबै केपी ओलीलाई जानकारी छ । त्यही कारण पूर्व माओवादीसँग एकता हुँदा गरिएको लिखित प्रतिबद्धता रद्दिको टोकरीमा हाल्नका लागि केपीलाई छूट मिलेको हो । उनलाई उचाल्ने ईश्वर पोखरेल छँदैछन् । पोखरेलका बारेमा विघटित एमालेभित्रै नानाथरि प्रसंग उठाइन्छ । सरकारको नेतृत्व लिने नेता र पार्टी जहाँ पनि अनुशासित हुनु जरुरी छ । तर नेकपाभित्रै अराजकता छ सरकारमा खोजेर कहाँ पाइन्छ अनुशासन ? त्यहाँ त गुटबन्दी मौलाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल