Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्तामा पुर्याइदिने माधवलाई भेट्न निस्के देउवा

काठमाडौँ । आफ्नै सत्ता ढलाएर ‘बैरी’ (विपक्षी) लाई सत्तारोहण गराउने पात्रको रुपमा यतिबेला माधव नेपालको चर्चा शुरु भएको छ । अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाएर प्रतिपक्षी दलका नेता शेरबहादुरलाई सत्तामा पु¥याउने मुख्य खेलाडी नै एमाले वरिष्ठ नेता माधव नेपाल बन्न पुगे । उनको यो कदमको इतिहासले मूल्यांकन गर्नेछ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्दैछन् । देउवा केहीबेरपछि सिंहदरबारबाट नेता नेपाललाई भेट्न कोटेश्वर जाने लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो । देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा यादव–भट्टराई पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नियुक्त गरेकी हुन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल